आइतबार, बैशाख २०, २०८३

फोनिज जापानको दोस्रो महाधिवेशन सम्पन्न,अध्यक्षमा तामाङ

टोकियो,१७ चैत । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ जापानको दोश्रो अधिबेसन सम्पन्न भएको छ । जसले चसिला वाईवा तामाङको नेतृत्वमा नयाँ कार्यसमिति समेत सर्बसम्मत चयन गरेको छ । यहि आइतबार टोकियोको शिन(ओकोबो स्थित बारकाडे हलमा सम्पन्न अधिबेसनले नयाँ कार्यसमिति सर्ब(सम्मत चयन गरेको हो ।

आदिबासी जनजातिका बारेमा पछाडी पारिएका बिषयहरुलाइ पत्रकारिताको माध्यमबाट उझागर गर्ने र निष्पक्ष पत्रकारितामा सदैब ध्यान दिने नब(निर्वाचित अध्यक्ष चसिला वाईवा तामाङले बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाली दुताबासका उपनियोग प्रमुख कृष्णचन्द्र अर्यालले पत्रकारहरुले व्यक्तिगत आक्षेप लाग्ने कुरा मिडियामा ल्याउन नहुने तर्क गर्दै समाजका बिकृतिलाइ उजागर गर्नु पर्ने बताए, ब्यक्तिको चरित्र हत्या गर्ने भन्दा पनि गलत कुरा बाहिर ल्याई नेपाली लाइ सहि बाटोमा हिड्न सिकाउने सकरात्मक पत्रकारिता गर्नुपर्नेमा जोड दिए । त्यस्तै एनआरएनए आइसीसी सदस्य ओम गुरुङ,मोहन घले,अनिता गुरुङ, फुर्वा शेर्पा, लगायतले शुभकामना ब्यक्त गरेका थिए ।

सो अधिबेसनले अध्यक्ष  चसिला वाइबा तामाङ, उपाध्यक्ष निसान राना मगर ,सचिब फुर्वा शेर्पा ,सह-सचिब – सशीकला मोक्तान ,कोषाध्यक्ष सुनिता श्रीष  मगर तथा सदस्यहरुमा स्मृति मोक्तान, निकेश श्रेष्ठ,रेशम थामी, मन कुमार लिम्बु ,सजिना मोक्तानको कार्यसमिति चयन गरेको छ । यसै गरि सोहि कार्यक्रममा फ़ोनिजले जापानमा क्रियाशील केहि पत्रकारहरुलाई सम्मान गरेको छ, सम्मानित हुनेहरुमा मोहन घले, प्रेमीला गौचन,तिलक मल्ल रबिन्द्र गोर्खाली,कुमार मोक्तान ,ऋतु कुमार दुरा छन ।
नेपाली दुताबासका उपनियोग प्रमुख कृष्ण चन्द्र अर्यालको प्रमुख अतिथ्यतामा सम्पन्न सो कार्यक्रममा एनआरएनए आइसीसी सदस्य ओम गुरुङ, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले, तमुधि जापानका अध्यक्ष अनिता गुरुङ ,थकाली सेवा समिति जापानका अध्यक्ष बुद्दि गौचन,नेपाल पत्रकार महासंघ जापानका पुर्ब अध्यक्ष तिलक मल्ल, तामाङ समाज जापानका अध्यक्ष कुमार तामाङ लगायतको बाक्लो उपस्थिति रहेको थियो ।