बुधबार, असार १०, २०८३

महिला भलिबल प्रतियोगिताको उपाधी मोना जापानलाई

जापान,१५ चैत । एनआरएन एनसीसी जापानले पहिलो पटक आयोजना गरेको महिला भलिबल प्रतियोगिताको उपाधी मोना जापानले हात पारेको छ ।

बुधबार एनआरएनए जापानले १०८ औं अन्तर्राष्ट्रीय महिला दिवसको अवसरमा महिला भलिबल प्रतियोगिता भव्य रूपमा सफल भएको प्रवक्ता पर्शु बस्नेतले जानकारी दिनुभयो । प्रतियोगितामा आठ टिमको सहभागिता रहेको थियो ।

फाइनल खेलमा पुन क्लबलाई एकका बिरुद्द तीन सेटले पराजित गर्दै मोना जापानले उपाधीमा कब्जा जमाएको हो । प्रथम भएसँगै मोनाले १ लाख ५० हजार नगद पुरस्कार हात पारेको छ भने द्वीतिय भएको पुन क्लवले ७० हजारमा चित्त बुझाएको छ । एनआरएनए जापानले फाइनल खेलमा मोना रेड र पून क्लब बीच कडा प्रतिस्पर्धा भएको थियो बेस्ट अफ ५ अन्तरगत खेलाइएको उक्त खेलमा पहिलो, दोस्रो र चौथों सेट जीत्दै मोना रेड विजेता बनेको थियो भने उपविजेता पून क्लबले तेस्रो सेट मात्र जितेको थियो ।  बेस्ट प्लेअर अवार्ड भने पून क्लब जापानकी रीता पूनले हात पारेकी छन ।n1

उनलाई १ मान नगद र कप हस्तान्तरण गरिएको थियो । १ दिवसीय उक्त खेल औपचारिक कार्यक्रम गर्दै शुरू भएको थियो परिषदका महासचिव बुद्धिराज घिमिरेले संचालन गरेको कार्यक्रममा सभापति राष्ट्रीय परिषद जापानका वरिष्ठ उपाध्यक्ष देबिलाल भण्डारी विशेष अतिथि आईसीसी यूबा संयोजक सुदन थापा ,आआईसीसी सदस्य ओम गुरुंग अतिथिहरू ओएनएफका कार्यबाहाक अध्यक्ष बाबूराम भण्डारी , जनसम्पर्क समितिका उपसभापति बम मल्ल , पत्रकार महासंघका अध्यक्ष मोहन घले पारिषदका सल्लाकारहरू पुस्करजंग थापा , जिज्ञान कुमार थापा ,नर बहादुर थापा लगाएत अन्य धेरै संघ सस्था ,राजनैतिक दल तथा पत्रकारहरुको उपस्थिती रहेको थियो । कार्यक्रम संयोजक परिषद जापानकी सदस्य सिर्जना पाण्डेले स्वागत मन्तब्य राख्नू भएको थियो भने खेलको उद्घघाटन बिशेस अतिथि र कार्यक्रमका सभापतिले संयुक्त रूपमा रेफ्रि लाई बल हस्तान्तरण गरे पछी खेल शुरू भएको थियो ।nr

खेलमा मनांग क्लब, मोना रेड ,मोना ब्लू , शिबज्योति , एभेरेस्ट स्कूल , गल्कोड स्पोर्ट्स , बाग्लुंग समाज र पून क्लब गरी ८ टीम को सहभागी थियो ।
भलिबल संघको तर्फबाट राष्ट्रीय खेलाडीहरू नबीन गुरुंग, श्री गुरुंग , मदन साउद , लोकेश खत्री, भिक्टर मगर , प्रकाश जोशी लगाएत पदाधिकारीहरूले रेफ्रि तथा अफिसीएलको भूमिका निर्वाहा गर्नु भएको थियो । आयोजक एनआरएनए कार्यसमिति रातो टीशर्ट सहित स्वयमसेबकको लागी खटिरहेको थियो ।
उक्त महिला भलिबल प्रतियोगिता सफलसंग सम्पन्न गर्न,स्वयम सेवक,स्पोन्सर,खेलाडी सबैलाइ आयोजक संस्थाको तर्फबाट धन्यबाद दिदै आगमी दिनहरूमा पनी यसरी नै साथ सहयोग अपेक्षासहित वरिष्ठ उपाध्यक्ष देविलाल भण्डारीले धन्यावाद दिदैं समापन गर्नु भएको थियो ।

तस्विर : निकेश श्रेष्ठ

nran