सोमबार, जेठ २५, २०८३

जापानमा नेपाली नयाँ वर्ष सांगीतिक साँझ २०७५ को तयारी तिव्र

जापान,१३ चैत । नेपालीहरुको नयाँ बर्ष २०७५ सालको पावन अवसरमा सोलु जापान युथ ग्रुप जापानको आयोजनामा “बृहत नयाँ वर्ष सांगीतिक साँझ २०७५” हुने भएको छ ।
टोक्योको मेगुरो कुमिन सेन्टरमा अप्रिल १५ र अप्रिल ८ मा गुम्मा केनको ओकुरागून जापानमा उक्त बृहत नयाँ वर्ष सांगीतिक साँझ हुने भएको छ ।
यस बृहत नयाँ वर्ष सांगीतिक साँझ २०७५ का लागि दर्शक, श्रोताहरुको मनमुटुमा बस्न सफल कलाकारहरु गायिका मेलिना राई ,गायक मिङ्मा शेर्पा तथा ‘गिनिज बुक अफ ओर्ल्ड रेकोर्ड’ मा नाम लेखाउन सफल चर्चित डिजे छेओङ शेर्पा लगायत स्थानिय गायक तथा कलाकारहरुको बेजोड नृत्य, डिजे र सांगीतिक प्रस्तुतिहरु रहने संयोजक मनिष मगरले बताए ।
उक्त कार्यक्रममा सबै संघसंस्थाका बिशिस्ट व्यक्तिहरु समाजसेबी महानुभावहरु बिद्यार्थीहरु कलाकारहरु लगायत जापानमा रहेका सम्पूर्ण नेपाली दाजुभाई दिदि बहिनीहरुलाई नयाँ वर्षा २०७५ सालको अग्रिम शुभकामना दिदै कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई भब्य सफल बनाउन आयोजकले अनुरोध गरेका छ ।

उक्त “बृहत नयाँ वर्ष सांगीतिक साँझ २०७५” नेपालका अनाथ बालबालिकहरूको सहयोगार्थ हून लागेको कार्यक्रम संयोजक मनीष मगरले जानकारी दिए ।