बुधबार, असार १०, २०८३

यस्तो छ एनआरएनए जापानको आगामी कार्यक्रम घोषणा

टोकियो,१० चैत । गैरआवासीय नेपाली संघ जापानले जापानमा एनआरएनएले गर्न लागेको विविध कार्यक्रमको वारे पत्रकार सम्मेलन गरेर जानकारी गराएको थियो ।
टोकियोमा बिहिवार पत्रकार सम्मेलन गरेर आगामी कार्यक्रमको तयारी वारे जानकारी गराएको हो ।

अगष्ट २५ र २६ मा नेपाल फेष्टिवल हुने
गैरआवसिय नेपाली सघं जापानको आयोजनामा आगमि २०१८ अगष्ट २५ र २६ तारिकमा नेपाल फ़ेस्टिवल गर्ने भएको छ । गत वर्षझैं यस वर्ष पनि नेपालको पर्यटन र भेषभुषासहितको जापानको टोकियोमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

सदस्यताको नविकरण र नयॉ सदस्य पनि प्रदान
एनआरएनएको कार्यक्रम अन्तर्गत यहि अप्रिल एकबाट सदस्यताको नविकरण र नयॉ सदस्य पनि प्रदान गर्ने तथा शुल्क भने क्रमशः १००० येनर १५०० येन निर्धारण गरिएको र एसपटक भने सदस्यता कार्ड पोस्टबाट पठाइने जानकारी दिएको छ ।
एनआरएनए जापानले एयू कम्पनीसंग समझौता गरेकोले सदस्यलाई अब आईफोन लीनको लागी ६ महिनाको भिषा भए जूनसुकै एयू शपबाट मोबाइल प्राप्त गर्न सक्ने जानकारी दिएको छ साथै जापानको एक् कम्पनीसंगको समझौता अनुसार विद्यार्थीहरूलाई २८ घण्टा काम र ५०% स्कलरशिपको व्यवस्था र डिपेण्डेंट हरूलाई काम र हप्ताको प्रत्येकदिन निस्शुल्क भाषा प्रशिक्षण गर्ने जानकारी दिएको छ ।

एन्आरएनए जापानको नयाँ सदस्यता र नविकरण संगै ईयू कम्पनीसंगको काम ओसाका,फुकुओकावाट सुरु भएको र केहि दिनमै टोक्योवाट पनि सुरु गरिने प्रवक्ता पर्शु बस्नेतले जानकारी दिनुभयो ।

एनआरएन जापानको अध्यक्षमा निर्वाचित भएपछि टासी वाङदी लामा नेतृत्वको समितिले विहिबार पहिलो पटक पत्रकार सम्मेलनको आयोजन गरी समितिले आगमि कार्ययोजना धोषणा गरेको हो । समितिले गैरआवसिया नेपाली सघं जापन सबैको नेपालीको साझा संस्था बनाउन सल्लाहकार परिषद तथा मानर्थ सदस्य परिषद निर्माणगरी सबैलाई समेटने काम सम्पन्न भएको जानकारी दिएको थियो ।

निलम्बनमा परेका महिला उपाध्यक्ष र कोषध्यक्ष वारे स्पष्तुति
पत्रकार सम्मेलनमा कार्यसमितिले निलम्बन गरेका महिला उपाध्यक्ष र कोषध्यक्षको बारेमा उठेको प्रस्नको जबाफमा उहाँहरुले नै निर्माण गर्नु भएको आचारसंहितालाई पालना गर्ने काम भएको भन्दै अब उहाहरु दुबै जनाले गर्ने निर्णय नै कार्यसमितिले मान्ने वा माथिल्लो निकाएमा जानसक्ने जानकारी दिएको छ । एनआरएन जापानको आचारसंहितामा कार्यसमितिका पदाधिकारीले अन्य संस्थाको पदाधिकारी वा एनआरएन मध्ये एक छान्नु पर्ने बनाईएको छ ।

जापानमा पहिलो पटक महिला भलिबल प्रतियोगिता हुने
एनआरएन जापानको आयोजना तथा नेपाल भलिबल सघंको सहयोगमा यहि मार्च २८ तारिकमा हुने भलिबल प्रतियोगिताको तयारी सबै पुरा भएको प्रतियोगिताका संयोजक श्रृजना पान्डेले जानकारी दिनुभयो । प्रतियोगितामा कुल आठ टिमले भाग लिने भएको छन । भलिबल प्रतियोगिताको उदधाटन खेल मनाङ सोसईटी र मोना जापन रातों विच हुने सोहि कार्यक्रम जानकारी दिएको थियो । प्रतियोगीतामा मनाङ सोसाईटि, मोना जापान रातों र निलो, शिवज्योति एभरेष्ट स्कुल,बाग्लुङ समाज गल्कोट समाज र पुन क्लब जापानले सहभागिता जनाउने छ । प्रतियोगिता सिन्जुकुस्थित कसमस एरिना हुने छ ।

नि:शुल्क भाषा कक्षा संचालन हुने
एनआरएन जापानले जापानमा बस्ने नेपालीहरुको भाषामा सहयोग पुर्याउने उदेष्य यस वर्षपनि नि:शुल्क निर्रंतता दिने भएको छ । यहि अप्रिलबाट शुरुहुने नि:शुल्क भाषा कक्षामा उलेख्य मात्रमा सहभागि हुन नाम लेखाएको संयोजक विशु भन्डारीले जानकारी दिनुभयो ।

विश्व शान्ति र्यालि सिन्जुकुमा हुने
बुद्ध जयन्तीको अवसर पारेर बुद्ध नेपालमा जन्मिएको सन्देशसहित विश्व शान्तिको कामना गर्ने उदेष्यले बुद्ध वाज बर्न ईन नेपाल नाम दिएको शान्ति र्यालि अप्रिल २९ मा निसि सिन्जुकुको चो पार्कबाट शुरु हुने संयोजक सरोज कुमार खत्री जानकारी दिनुभयो ।

कानुनी डेस्कको स्थापना गर्ने
जापानमा नेपालीहरुको बसाई बाक्लो भएसगै आएका विविन्न समस्याहरुलाई सहजिकरण गर्न कानुनि सहायता डेस्क निर्माण गर्दै सेवा दिने एनआरएन जापानले जानकारी दिएको छ । कार्यसमितिका सदस्य राजन कुमार पौडेल संयोजकमा एक समिति बनाई काम शुरु भएको जानकारी दिएको छ । पत्रकार सम्मेलनमा संयोजक राजन कुमार पौडेलले जापानको स्थापित वकिल र उनको सहयोगिलाई अनुबन्ध गर्ने काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । उहाले शुरुमा समस्यामा परेका नेपालीहरुलाई सहयोगि बनि सहयोग गर्नेगरी योजना तयगरिएको बताउनु भएको हो । उहाले अहिले सम्म एक हजार तिन सय ८९ जना नेपाली जापान प्रहरीको क़ैदी वा निगरानीमा रहेको जानकारी पनि दिनुभयो ।

चिठ्ठामा भाग्यशाली विजेता

नेपाल फेस्टीबल २०१७ को चिठ्ठा नतीजा प्रकाशीत गरेको छ । पत्रकार सम्मेलनमा खोलिएको चिठ्ठामा भाग्यशाली विजेताहरू क्रमशःप्रथम पुरस्कार सुरेश गिरी , दोस्रो पुरस्कार जिज्ञान कुमार थापा , तृतीय पुरस्कार जानभी खड्का र सान्त्वना पुरस्कार गीता आर्याललाई परेको छ । पुरस्कारहरू सिटी ट्राभलबाट जापान नेपाल टूवे एरटिकेट, तातेसीना होटेल नगानो मा २ डे १ नाइट स्टे, विडल्याण्ड होटेल दरबारमार्ग काठमाण्डूमा २ डे १ नाइट स्टे र स्पेशल गिफ़्ट ह्यम्पर रहेको छ ।

एनआरएन जापानका अध्यक्ष टासी वाङदी लामाको सभापित्वमा सम्पन्न पत्रकार सम्मेलनमा उठेको प्रस्नको वरिष्ठ उपध्यक्ष देविलाल भन्डारी, महासचिव बुद्धि राज घिमिरे, प्रवक्ता पर्शु बस्नेतले जबाफ दिएका थिए भने कार्यक्रम संयोजकहरुले सम्बंधित कार्यक्रमको बारेमा जानकारी दिएका थिए ।