जापान,७ चैत । आउँदै गरेको नेपाली नयाँ बर्ष २०७५ सालको अवसर पारेर विभिन्न सांगीतिक साँझ २०७५ मा मनोरञ्जन दिलाउन मेलिना राई जापान आउने भएकी छिन् ।
नेपाली साझा समाज जापान र सोलु जापान युथ क्लबको नयाँ वर्ष सांगीतिक साँझ २०७५ को लागि चर्चित गायिका राई जापान आउने पक्का भएको हो
आगामी अप्रिल ८ मा गुन्मा र १५ तारिख टोक्योमा प्रस्तुती दिये नेपाली साझ समाजका अध्यक्ष वुद्धी शेरचनले जानकारी दिनुभयो ।
सांगितिक साँझ कार्यक्रमलाइ भब्य र सब्य बनाउनका लागि नेपालबाट अतिथि कलाकारहरु गायिका मेलिना राई ,गायक मिङमा शेर्पा तथा ‘गिनिज बुक अफ ओर्ल्ड रेकर्ड’ मा नाम लेखाउन सफल डिजे छेवाङ शेर्पा लगायत जापानमा रहनुभएका स्थानिय कलाकारहरुको बेजोड प्रस्तुतिहरु रहने बताइएको छ ।
