सोमबार, जेठ २५, २०८३

चलचित्र ‘शत्रु गते’को जापानमा प्रिमियर शो हुने

टोकियो,६ चैत । नेपालमा यहि चैत्र ९ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘शत्रु गते’को जापानमा प्रिमियर शो हुने भएको छ ।
जापानमा अप्रिल ८ तारीख ‘शत्रु गते’को प्रिमियर शो हुन लागेको हो बहुप्रतिक्षित मानिएको यो चलचित्रलाई ए९वान इन्टरटेन्मेन्टले जापानमा प्रदर्शन गर्न लागेको छ । उक्त चलचित्र जापानको राजधानी टोकियोस्थित नाकानो जिरो हलमा प्रदर्शन हुने प्रिमियर शो टिमका दिनेश गुरुङले बताउनु भयो ।

चलचित्र टोकियोसहित नागोया, फुकुओका, सिजोओका,गुन्मा, तोचिगी, ओकिनावा लगायतका स्थानमा समेत प्रदर्शन गरिने तयारी छ ।
कमेडी जनरामा सामाजिक कथा बोकेको चलचित्र ‘शत्रु गते’मा निर्देशक प्रदिप भट्टराईले चलचित्र बिवाहमा बाधक बन्ने पात्रहरुको वरिपरि घुमाएका छन् ।
चलचित्रमा पल शाह, आँचल शर्मा, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, बसुन्धरा भुषाल, राजाराम पौडेल, दीपकराज गिरी, दिपाश्री निरौला, शिवहरी पौड्याल, किरण केसी, प्रियंका कार्कीको मुख्य अभिनय रहेको छ ।

हरिवंश आचार्यको कथा, दीपकराज गिरी र निर्देशक भट्टराईको पटकथा रहेको यो चलचित्रलाई दीर्घ गुरुङले खिचेका हुन् । चलचित्रमा राजनराज शिवाकोटीको संगीत र कविराज गहतराजको नृत्य रहेको छ ।