काठमाडौं,६ चैत । एक दिवसीय विश्वकप मान्यता सहित नेपाली क्रिकेट टिम स्वदेश फर्किएको छ । जिम्बावेमा भएको विश्वकप छनोट प्रतियोगिता खेलेर नेपाली राष्ट्रिय क्रिकेट टिम आज स्वदेश फर्किएको हो ।
विमानस्थलमा क्रिकेट खेलाडीलाई भव्य स्वागत गरिएको छ । विमानस्थलमा प्रसशको भीडमाझ नेपाली क्रिकेट टिम होटलतर्फ गएको छ ।
विश्वकप छनोटमा दोस्रो चरणमा पुग्न नसके पनि नेपाली क्रिकेट टिमले ८औं स्थानमा खेल पूरा गर्दै ४ वर्षका लागि ऐतिहासिक एक दिवसीय मान्यता पाएको थियो ।
नेपाली क्रिकेटको इतिहासमै सबै भन्दा ठूलो सफलता हात पारेर नेपाली टिम स्वदेश फर्किएको हो । नेपालले सन् २०२२ सम्मका लागि एक दिवसीय मान्यता पाएको छ । नेपाली खेलाडीको स्वागतका लागि सयौंको संख्यामा प्रशंसक विमानस्थल पुगेका छन् ।
