सोमबार, कार्तिक ११, २०८२

राजधानीमा विभिन्न कार्यक्रम गरि घोडेजात्रा मनाए

काठमाडौं,४ चैत । घोडेजात्रा पर्व शनिबार राजधानीमा विभिन्न कार्यक्रम गरि मनाइएको छ ।
प्रत्येक बर्ष चैत कृष्ण औसीका दिन काठमाण्डौ उपत्यकामा घोडेजात्रा पर्व मनाउने गरिन्छ । नेपाली सेनाले घोडेजात्राका अवसरमा काठमाडौंको सैनिक मञ्च टुंडिखेलमा विशेष कार्यक्रम गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, कामु प्रधानन्यायाधीश दीपक जोशी लगायतका विशिष्ट व्यक्तिको उपस्थिति थियो ।
त्यसैगरी मन्त्रीगणहरु, नेपाली सेनाका प्रमुख प्रधान सेनापति राजेन्द्र क्षत्री, नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक प्रकाश अर्याल, शसस्त्र प्रहरी प्रमुख सिंह बहादुर श्रेष्ठ, नेपाल स्थित कुटनितिक नियोगका प्रमुखहरु, उपच्च पदस्थ कर्मचारी, निजामति सेवाका कर्मचारी लगायतको उपस्थिति थियो ।