सोमबार, जेठ २५, २०८३

नाई नभन्नु ल ५ चलचित्रमा नायिका प्रियंकाको निरन्तरता

काठमाडौं,१ चैत । निर्देशक विकासराज आचार्यले १ बर्ष भन्दा लामो ग्यापपछि चलचित्र ‘नाई नभन्नु ल’को पाँचौ श्रृङ्खला बनाउने भएका छन् । चलचित्रका लागि कलाकार फाइनल पनि भएका छन् ।

भदौ ८ गतेलाई प्रदर्शन मिति तोकिएको चलचित्रमा नायिका प्रियंका कार्कीको निरन्तरता रहेनछ । साथमा, यो पटक विकासको चलचित्रमा नायिका स्वस्तिमा खड्का भित्रिएकी छिन् ।

बाल-कलाकार अनुभव रेग्मी चलचित्रको मुख्य भूमिकामा रहनेछन् । वुझिएअनुसार, नायिका प्रियंका कार्की अर्की नायिका स्वस्तिमा खड्काको आमाको भूमिकामा देखिदैछिन् । चलचित्र ‘छक्का पन्जा २’मा पनि प्रियंका स्वस्तिमाकी आमाको भूमिकामा देखिएकी थिइन् ।

चलचित्रमा बसन्त सापकोटाको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, अर्जुन जीसीको सम्पादन रहनेछ । चलचित्रमा बाल-कलाकारको रुपमा अनुभव रेग्मी र स्यार्टिना शर्माको मुख्य भूमिका रहनेछ । चलचित्रमा अभिषेक नेपाल, बुद्धि तामाङ, जयनन्द लामा, दिलिप रायमाझी, उत्तम केसी लगायतका कलाकार पनि रहनेछन् ।