बुधबार, असार १०, २०८३

सहमतिमा नेतृत्व चयन गर्दै जनजाति महासंघ जापानको १६ औँ महाधिवेशन सम्पन्न

टोकियो,२७ फाल्गुन । नेपाल आदिवासी जनजाति महासंघ जापानको १६ औँ महाधिवेशन सम्पन्न भएको छ ।
टोकियोमा आईतवार आगामी दुई वर्षको लागी नव कार्यसमिति सर्वसहमती चयन गरी जनजाति महासंघ जापानको महाधिवेशन सम्पन्न गरेको हो ।
नेपाली राजदुतावास जापानका पूर्व राजदुत तथा जनजाति अग्रज नेता डा.गणेश योञ्जन तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न महाधिवेशनले २७ सदस्यीय कार्यसमिति चयन गरेको छ । जसमा अध्यक्ष सुमन लिम्बू,सह-अध्यक्ष सुकमान थिङ तामाङ्,उपाध्यक्षहरूमा हर्क गुरुङ्,देबी बहादुर इङ्नाम्,पेम्वा शेर्पा ,रित राना मगर,कर्मा वाङ्गेल लामा,गेलू शेर्पा ,महासचिव शान्त पहरी,उप-महासचिव भेषराज चेम्जोङ्,सचिवहरू दावा शेर्पा,रमेश राना मगर,हिमाल लामा,कोषाध्यक्ष सोममाया गुरुङ ,सह-कोषाध्यक्ष शान्ति लामा , प्रवक्तामा श्री गुरुङ्, सदस्यहरूमा हेमन्त शेरचन,बसन्ती गुरुङ ,मनोज घले ,कनैलाल चौधरी,प्रकाशलाल श्रेष्ठ,रेशमकुमार थामी,बिजय राई,नमदाहाङ राई ,मनकुमार तुम्सा,रीना तिगेला,सूजन मादेन लिम्बूलाई सर्वसहमति चयन गरेको छ ।
जापानस्थित विभिन्न संघसंस्थाको उपस्थितमा सम्पन्न महाधिवेशनमा राजनीतिक पार्टीको प्रवासी संगठनहरूको आतिथ्यता रहेको थियो ।
दुई चरणमा सम्पन्न उक्त महाधिवेशनले संस्थाको विधान संशोधन,आगामी कार्यक्रम र आगामी दुई वर्षे कार्यकालको लागि नेतृत्व चयन गरेको छ । संस्थाका अध्यक्ष पासाङ शेर्पाको सभापतित्व सम्पन्न महाधिवेशनको बन्दसत्र हर्क गुरुङ र घोषणा सभा भेषराज चेम्जोङ्ले संचालन गरी सम्पन्न भएको छ ।neefin neefin2 nefin