सोमबार, जेठ २५, २०८३

चलचित्र ‘कृ’ लिएर नायक अनमोल केसी जापानमा

टोकियो,२५ फाल्गुन । नेपाली चलचित्र ‘कृ’ लिएर नायक अनमोल केसी जापान आएका छन् । नायक केसी निर्माता भुवन केसी । सुवास गिरी जापान आएका हुन् ।
शुक्रबार अनमोल केसीसहितको टोलि जापान पुगेको छन् । दर्शकको मन जितेको प्रदर्शनको चौथो हप्तामा चलिरहेको ‘कृ’ जापानमा भने मार्च ११ तारिख आइतबार प्रदर्शन हुँदैछ ।
जापानमा समेत बहुप्रतिक्षित मानिएको चलचित्र ‘कृ’लाई ॐ शान्ति ॐ इन्टरटेन्मेन्टको व्यवस्थापनमा प्रदर्शन गर्न लागिएको हो ।
चलचित्र टोकियोस्थित नाकानो जिरो हलमा प्रदर्शन गरिनेछ । चलचित्रमा अनमोलसँगै अदिति बुढाथोकीको मुख्यभूमिका रहेको छ । सुरेन्द्र पौडेल निर्देशित चलचित्र कृ सुवास गिरी र भुवन केसी मिलेर बनाएका हुन् ।