बुधबार, असार १०, २०८३

जापानी युवतीलाई यौनजन्य अपराध गरेको आरोपमा एक नेपाली पक्राउ

टोकियो,२५ फाल्गुन । एक जापानी युवतीलाई यौनजन्य अपराध गरेको अभियोगमा जापान प्रहरीले एक नेपाली युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जापानमै सेन्मोन स्कुल पढ्दै गरेका अनुज देवकोटा रहेको छन् ।
गत नोवेम्बर २५ तारिक राती टोकियोको सुगिनामी कु स्थित नारिता हिगासी क्षेत्रमा उक्त महिलालाई छातीमा जर्बजस्ति समातेर चुम्बनको प्रयास गरेको उल्लेख छ । जापानी युवतीको आरोप अनुसार पछाडिबाट जर्वजस्ती छातीमा हात पुर्याइ चुम्बन प्रयास गर्दा उनको छाती र चिउँडोमा समेत चोट समेत लागेको थियो ।

नजिकै रहेको डिपार्टमेन्ट स्टोरको सिसीटिभी क्यामेरामा कैद भएको भिडियो अनुसार आरोपी युवाले युवतीको पिछा गरेको देखिएको जनाइएको छ । यौन अपराधको आरोप लागेका २६ वर्षिय देवकोटाले उक्त युवतीलाई आफुले बोलाएको भए पनि अन्य केही नगरेको दाबी गर्दै आरोप अस्विकार गरेका छन् ।

घटनाको विषयमा जापान प्रहरीले थप छानविन गरिरहेको बताइएको छ । @आसाही टिभी