सोमबार, जेठ २५, २०८३

होलीमा इच्छाविपरीत रङ दल्ने ४ सय २५ जना प्रहरीद्धारा पक्राउ

काठमाडौं,१८ फाल्गुन । होलीको अवसरमा अर्काको इच्छाविपरीत जबर्जस्ती रङ दल्ने, प्लास्टिकको लोला हान्ने, फोहर छ्याप्ने ४ सय २५ लाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा २१ जना महिला र ४०१ जना पुरूष रहेका  काठमाडौंका प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए। प्रहरी काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

‘हामीले होलीलाई मर्यादित र सुरक्षित बनाउन भरपर्दो सुरक्षा व्यवस्था मिलाएका छौं। होलीलाई मर्यादित र सुरक्षित बनाउनको लागि राजधानीमा १ सय ६ वटा प्रहरी टोली, २० वटा मोबाइल टोली र थप १५ सय प्रहरी परिचालन गरिएको एसएसपी पोखरेलले बताए।

पक्राउ परेकालाई अनुसन्धान गरी ६ बजेपछि परिवारको जिम्मा लगाएको छ ।