बुधबार, असार १०, २०८३

नेपालीद्वारा संचालित ‘रेस्पेक्ट एण्ड रार्इज’ नामक नयाँ सामाजिक संजाल सुरू

टोकियो,१७ फाल्गुन ।  नेपाली युवाहरूको सक्रियतामा नयाँ तरीक़ाको सामाजिक संजाल ‘रेस्पेक्ट एण्ड रार्इज’को सुरूवात गरिएको छ।

वी कनेक्ट ह्वार्इल एभ्रिवान वेनिफिटसू भन्ने मुलभुत आघार लिएको सो सामाजिक संजाल मार्फत विभिन्न क्रियाकलाप गर्न सकिने ‘रेस्पेक्ट एण्ड रार्इज’ मा एकले अर्कालाई सम्मान गरौ भन्ने भावना अभिवृदि गरिने तयारी गरिएको छ ।
सबै पीढी देखी व्यवसायीहरूका लागि समेत उपयोगी सो संजालबाट सहज रूपमा न्यूज फिड र विविध जानकारी समेत पाउन सकिन्छ। साथै यसै संजाल मार्फत हरेक व्यवसायीले आफ्नो व्यवसायिक प्रर्वदन समेत गर्न सकिने सुविधा राखिएको छ।
टोकियोमा स्थापित युवा व्यवसायी राजीब श्रेष्ठ लगायतको लगानीमा सुरू गरिएको ‘रेस्पेक्ट एण्ड रार्इज’ संजाललाई आईटी ईन्जिनियरद्वय सन्तोष साह र अभिनास गुरूङले करिव दुर्इ वर्षको अनुसन्धान पछि सार्वजानिक गरिएको हो।

एण्ड्रोराइड र आर्इओए दुवै भर्सनमा उपलब्ध सो संजालले निकट भविश्यमा अझ पृथक सुविधाहरू समावेश गर्ने दावी गरेका छन।

सलमान खान सहभागि हुने ‘दवाङ द टुर कन्सर्ट’को टिकटमा छुट सुविधा

यसैविच ‘रेस्पेक्ट एण्ड रार्इज’ टिमले काठमाण्डौमा आउन लागेका वलिउड सुपरस्टार सलमान खानको कार्यक्रम ‘दवाङ द टुर कन्सर्ट’को टिकटमा विशेष छुटको व्यवस्था गरेको जनाएको छ।
सामाजिक संजालबाटै टिकट बुक गर्न सकिने भएकाले दर्शकहरूका लागि सहज हुने बतार्इएको छ।