आइतबार, बैशाख २०, २०८३

दिगो र स्थायी सरकार बनेकोमा जापानवाट शुभकामना ज्ञापन

टोकियो,१५ फाल्गुन । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्व सरकारलाई जापानमा रहेका वाम पक्षधरहरुले शुभकामना ज्ञापन गरेका छन् ।
जापानमा रहेर पनि जन्मभूमि नेपालमा बाम गठबन्धनको मुल मर्म अनुरुप शक्तिशाली स्थायी सरकार बनेको अवसरमा सोमवार एक विज्ञप्तिमार्फत एमालेको भातृ संगठन ‘प्रवासी नेपाली मंच जापान र माओवादी केन्द्र भातृसंगठन ‘जनप्रगतिशिल मंच जापानले शुभकामना ज्ञापन गरेका हुन ।
जापानवाट एमालेको भातृ संगठन ‘प्रवासी नेपाली मंच जापान’का अध्यक्ष महेन्द्र कुमार श्रेष्ठ र माओवादी केन्द्र भातृसंगठन ‘जनप्रगतिशिल मंच जापान’का अध्यक्ष हवलचन्द्र लामाले संयुक्तरुपमा एक विज्ञप्ति निकाली, एकिकृत पार्टी निर्माणको प्रक्रियामा रहेको संयुक्त बामपन्थी सरकारलाई सफलताको शुभकामनासहित हार्दिक बधाई ज्ञापन गरेका हुन् ।

जारी विज्ञप्ति bam japan