टोकियो,१४ फाल्गुन । नेपाल आदिवासी जनजाति महासंघ जापानको १६ औँ अधिवेशन उद्घाटन गर्न नेपाली राजदुतावास जापानका पूर्व राजदुत तथा जनजाति अग्रज नेता डा.गणेश योञ्जन तामाङ जापान आउने भएका छन् ।
डा योङ्जनको प्रमुख आतिथ्यतामा जापानको राजधानी टोकियो महानगरको गोतन्दामा हुने जनजाति महासंघ १६ औं अधिवेशनको आगामी मार्च ११ मिति तय गरेको महासचिब हर्क गुरुङले जानकारी दिनु भएको छ ।
उक्त अधिवेशनले संस्थाको विधान संशोधन कार्य लगायत आगामी दुई वर्षे कार्यकालको लागि नेतृत्व चयन गर्ने छ । अधिवेशनलाई भव्य सफल पार्नका निम्ति संस्थाका अध्यक्ष पासाङ शेर्पाको संयोजकत्वमा सम्पूर्ण पदधिकारीहरु सदस्य रहने गरी एक मूल तयारी समिति गठन भएको छ ।
यसै अन्तरगत व्यवस्थापन समितिको संयोजकमा नागोयाका पूर्व उपाध्यक्ष पेम्बा शेर्पालाई जिम्मा दिएको छ महासंघको संरचनालाई समय परिस्थिति अनुरुप केहि परिमार्जिन गर्दै थप एकतृत तथा गोलबद्दता साथ सामुहिक नेतृत्वलाई अझ मजबुद र सशक्तिकरण बनाउनका निम्ति संगठनको बिकास संगै संस्थालाई सम्पूर्ण जापानवासी आदिवासी जनजातिहरुले गर्ब र गौरब गर्न लायकको बनाउन अधिवेशनबाट विधानलाई संशोधन गर्ने जनाइएको छ ्र
त्यसका लागि विधान संशोधन समितिको संयोजकमा संस्थाका सल्लाहकार तथा पुर्व प्रवक्ता सुकुमान थिङ तामाङलाई चयन गर्दै सल्लाहकार द्वय डा.दिनेश मानन्धर र शरद कुमार गौचन गरी ३ सदस्य समिति गठन गरेको छ , त्यसै गरि निर्वाचन मण्डलमा सल्लाहकार तथा पूर्व अध्यक्ष ओम गुरुङ र मन बहादुर पुन मगरलाई जिम्मेवारी दिइएको छ ।
यसैबिच महासंघले एक विज्ञप्ति प्रकाशित गर्दै बिहान ९ बजेबाट बन्द सत्र शुरु भई दिउसो १ बजेबाट साँझ ४ बजे सम्म खुल्ला कार्यक्रममा परिणत हुने जानकारी गराउंदै जापानमा कृयाशिल एवं बिभिन्न बैचारिक संगठन तथा सामाजिक संघ संस्थाका प्रतिनिधिहरु, राजनितीक भातृ संगठनका पदधिकारी, बुद्धिजीवी बर्ग, उधोग व्यापारी व्यवासायी, पत्रकार, कलाकार लगायत सम्पूर्ण जापानवासी नेपाली दाजु९भाई, दिदी बहिनी तथा शुभ९चिन्तकहरुमा यसै समाचार मार्फत उपस्थितिको लागि पनि जनजाति महासंघले हार्दिक निमन्त्रण गरेका छन् ।
