सोमबार, जेठ २५, २०८३

म्युजिक नेपालको शोषणप्रति कानुनी उपचारमा जाने श्रष्टाहरुको चेतावनी

जापान,१० फाल्गुन । म्युजिक नेपालको शोषणप्रति कानुनी उपचारमा जाने सर्जक तथा श्रष्टाहरुले चेतावनी दिएका छन् । बिन्दवासीनी म्यूज़िक मार्फत बजारमा बुधवारवाट बजारमा आएको हाम्रो पर्खाईमा गीतलाई म्यूज़िक नेपालले कपि राईटको कारण देखाएर यूट्यूवमा रोकेकोप्रति सर्जक तथा गितकार दिप पाठक र गायक रामकृष्ण वम मल्ल रुष्ट बनेका छन् । यो नेपाली स्वतन्त्र गीतसंगीत माथी गरिएको चरम लापारबाहीको पराष्काठा हो । पाठकले भनेका छन् विना कारण यसरी गीत रोकीनु आश्चर्यजनक लागिरहेको छ बताउँदै हामी म्यूज़िक नेपालसंग यस विषयमा कुरा गर्दैछौ। समस्त यहाँहरूमा पर्न गएको असरप्रति क्षमा प्रार्थी छौ। आशा छ आजै म्यूज़िक नेपालले आफ्नो गल्ती स्विकार्दै यो भिडियो ओपन हुने आश गरेको बताएका छन् ।
त्य:t} गायक रामकृष्ण वम मल्लले ईतिहासदेखी बर्तमान सम्मा श्रस्टाहरूका सृजना माथी चरम शोषण गर्दै आईरहेको म्युजिक नेपालप्रति हदै सम्मको खेद प्रकट गर्दछौ भन्दै दुख ब्यक्त गरेका छन् ।
गायक मल्लले भनेका गीतको सम्पुर्ण प्रतिलिपि अधिकार बिन्दाबासिनी म्युजिक कम्पनीमा रहेको जानकारी गराउन चाहन्छौ र गीतकार र संगीतकार हामी दुबै जना प्रबासमा छौ,हामी सहजताका साथ समस्याको समधान खोजिरहेका छौ,अन्यथा हामी म्युजिक नेपालको अधिनायकबाद बिरूद्द कानुनी लड़ाई लड्न तयार छौ भन्दै चेतवनी दिएका छन् साथै उनले बिश्बभरी छरिएका नेपाली श्रष्ट्रा सर्जक कलाकार एक हुन समेत अपिल गरेका छन् ।