जापान,१० फाल्गुन । नेपाल आदिवासी जनजाति महासंघ जापान शाखाको आउँदो मार्च ११ मा १६औँ अधिवेशन हुने भएको छ ।
महासंघको मार्च ११ मा टोकियो शहरस्थित गोतान्डा बुन्का सेन्टरमा अधिवेशन हुने भएको हो ।
टोकियोमा हुने अधिवेशनले संस्थाको विधान संशोधन ,कार्ययोजना लगायत आगामी दुईवर्षे कार्यकालको लागि नयाँ कार्यसमिति चयन गर्नेछ । महाधिवेशन सफल पार्नको लागि तयारी तिव्र बनाएको महासंघका अध्यक्ष पासाङ शेर्पाले जानकारी दिनुभयो ।
सन् १९९९ मा जापानको नागोया शहरमा स्थापना भएको जनजाति महासंघ अहिले विभिन्न क्षेत्रिय समिति समेत स्थापना भएको छ ।
यस अघि २४ डिसेम्बरमा अधिवेशन नागोयामा हुने भएता पनि नेतृत्व तथा विधान संशोधन लगायत केहि अन्तरिक विवादहरुले गर्दा अधिवेशन स्थगित गर्नु परेको थियो । तर पछिल्लो समय ति अन्तरिक कमि कमजोरीका सामान्य विवादहरु सर्बसहमत समाधान भए पछि महासंघको १६ औं अधिवेशन यहि मार्च ११ मा हुने भएको छ साथै उक्त कार्यक्रमको लागि सबै संघ संस्थाहरुलाई पत्रचार गरि सकेको भएता पनि कहिँ कदाचित कसैलाई छुट्न गएमा यसै समाचारलाई निमन्त्रण सम्झिएर उपस्थित भई दिनु हुन सम्पूर्ण जापानवासी नेपाली दाजुभाई तथा दिदी बहिनीहरु लगायत सम्बन्धित सबैलाई जनजाति महासंघ जापानले हार्दिक अनुरोध गरेको छ ।
