काठमाडौं,९ फाल्गुन । लोकदोहरी गायक प्रकाश कटुवाल र लोकदोहोरी गायिका तथा मोडल सिर्जु अधिकारीको `छेकेन जामाले ´ बोलको लोकदोहोरी गीत स्मृति म्युजिकको प्रस्तुतीमा प्रकाश कटुवालको अफिसियल युट्युब च्यानल मार्फत बजारमा सार्बजनिक भएको छ ।
प्रकाश कटुवाल र सिर्जु अधिकारीको स्वर गायक कटुवालकै लय/शब्द रहेको उक्त गीतको म्युजिक भिडियोमा बिक्रम चुहान निर्देशन प्रकाश खडका छयाङकन मिलन बि.क.को सम्पादन रहेको छ ।
प्रकाश कटुवाल,सिर्जु अधिकारी र सन्ध्या बुढा (काउलीबुढी) को कमेडी अभिनय रहेको छ।

