काठमाडौं,८ फाल्गुन । तामाङ गीत संगीत अनि बिशेष गरी सेलो गीत संगीत जगतमा आफ्नै स्थान बनाउन सफल युबा गायक तथा संगीतकार विशाल काल्तानले उत्कृष्ट म्युजिक भिडियो ढल्कियो जोबन सार्वजनिक गरेका छन ।
बिदेशतिर हुने संगीतिक कार्यक्रमहरुमा ब्यस्त गायक तथा संगीतकार काल्तानले आफ्नै स्वर,शब्द र संगीतमा सजिएको एल्बम सिंगल ट्रयाक अन्तर्गत ढल्कियो जोबन बोलको गीत बजारमा ल्याएका छन ।
यस गितलाई पासाङ तामाङले निर्देशन गरेका छन भने चन्द सिंहले एरेन्ज गरेका छन । छायाङ्कान ज्ञानेन्द्र शर्मा साथै सम्पादनमा प्रविन श्रेष्ठ रहेको छ ।
भर्खरै सार्बजनिक यस सिङल ट्र्याक गितमा विशाल काल्तान आफ्नै शब्द,संगित र स्वर रहेको छ भने सुमि मोक्तान र रमेश तामाङको अभिनय रहेको छ । पोखराको फेवाताल, सारङ्कोट र पोखरा बजार आसपासमा छायांकन गरेको गीतमा गायकको प्याराग्लाइडिङको समेत दृश्य समावेश गरिएको छ । पासाङ योन्जनले निर्देशन गरेको उक्त भिडियोलाई ज्ञानेद्र शर्माले छायांकन गर्नु भएको छ । चन्द्र सिङले एरेन्ज गर्नुभएको छ भने प्रबिन श्रेष्ठले सम्पादन गर्नु भएको छ । गायक काल्तानका मन पर्योनी, मादलै बज्यो, अलि अलि माया, मिरिम गाजल, ङा खाबा ह्यार्सी लागायत दर्जनौं गित सर्बाधिक चर्चामा र सम्पुर्ण दर्शकले रुचाईएका गितहरु हुन ।
