सोमबार, जेठ २५, २०८३

मायासे लासी-३ जापानमा प्रदर्शन हुने

जापान,७ फाल्गुन ।तामाङ भाषाको कथानक चलचित्र जापानमा बिशेष प्रदर्शन हुने भएको छ । सानु कुमारी स्मृति प्रतिष्ठान जापानको एकल ब्यबस्थापनमा जापानमै पहिलो पटक तामाङ भाषाको चलचित्र मायासे लासी -३ प्रदर्शन गर्न लागिएको हो ।

आगामी मे महिना महिनाको १३ तारिख आइतबार टोक्योको नेरिमा स्टेशनको नजिकै रहेको नेरिमा कल्चरल सेन्टरमा प्रदर्शन हुन लागिरहेको उक्त चलचित्र प्रदर्शनको दिन सम्पूर्ण तामाङ लगायत गैर तामाङ नेपाली दाज़ुभाई तथा दिदीबहिनीहरूलाई उपस्थितिको लागि प्रतिष्ठानले अनुरोध समेत गरिएको छ ।
यस चलचित्रमा मुख्य भूमिकाको रूपमा नायक कुमार मोक्तान र नायिका सीता तामाङ रहेको छ । पटकथारकथा प्रकाश मोक्तान, कार्यकारी निर्माता प्रेम लामा मोक्तान, निर्माण सहयात्री गणेश घिसिङ, सह-निर्माता माईली घिसिङ रहेको छ । प्रमुख निर्माता भगवती मोक्तान रहेको उक्त चलचित्रलाई अहिलेको चर्चित निर्देशक डिबी मोक्तानले निर्देशन गरेको हो । यस अघि उहाँले मायासे लासी भाग(१,२ निर्माण तथा निर्देशन गरिसकेका छन भने यो चलचित्र भाग ३ यसैको थप तथा अन्तिम शृंखला हो । यो चलचित्रमा बिशेष गरेर १० बर्षे माओवादी द्वन्दको कथालाई समेट्न खोजिएको र नेपाली र तामाङ भाषामा भएको कारण आम दर्शकलाई थप कोसेली हुने निर्देशक डिबी मोक्तान बताउनुहुन्छ ।