टोकियो,७ फाल्गुन । संघीय समाजवादी फोरम पार्टीको प्रवासी संगठन नेपाली सङ्घीय समाज जापान (नेफेसो)ले नव प्रवेशीहरुलाई पार्टीमा जिम्मेवारी तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न गरेको छ ।
आईतवार टोकियोस्थित नमस्ते भेटघाट नेपाली रेष्टुरेण्टमा नेपाली सङ्घीय समाज जापान (नेफेसो)को सपथ ग्रहण तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको हो ।
टोकियोमा वसेको आन्तरिक अन्तरक्रिया कार्यक्रममा पद तथा गोपनीयताको सपथ ग्रहण सम्पन्न गरेको नेफेसोका महासचिव संजिव राईले जानकारी दिएका छन् । पद तथा गोपनीयताको सपथ ग्रहण लिनेहरूमा हरि चन्द्र लामा बरिष्ट उपाध्यक्ष र रामु अधिकारी उपाध्यक्ष पदको पद तथा गोपनीयताको सपथ ग्रहण लिएका छन् ।
साथै २ जना केन्द्रीय सदस्यमा कर्ण दवाडी र शुमन तिम्लसिनालाई नेफेसो जापानले थप गरेको छ । कार्यक्रममा नेफेसो जापानको अध्यक्ष पेम्बा शेर्पा, उपाध्यक्ष संजय यादप महासचिव संजीब राई लगाएतको उपस्थिति रहेको थियो ।
कार्यक्रम समाजका महासचिव संजीब राईले संचालन गरेको थियो भने पद तथा गोपनीयताको सपथ ग्रहण अध्यक्ष पेम्बा शेर्पा र समाजका उपाध्यक्ष संजय यादपले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
