बुधबार, असार १०, २०८३

जनजाति महासंघ जापान सेन्दाई गठन,अध्यक्षमा टेक थामी

जापान,२८ माघ । नेपाल आदिवासी जनजाति महासंघ जापानको क्षेत्रिय तर्दथ समिति सेन्दाई गठन गरिएको छ ।
आदिवासीहरूको भाषा, धर्म,संस्कृतिहरू मौलिकतालाई विश्व भारि जुनसुकै अवस्था र स्थलहरूमा पहिचान गर्न गराउन सदैव तत्लिन रहने हेतुले आफ्नो कर्मथलो जापान बनाएका विभिन्न समुदायको प्रतिनिधीहरूले आदिवासी जनजाति क्षेत्रिय तर्दथ समिति सेन्दाई गठन गरिएको छ ।

आईतबार बसेको एक भेलाले रोजगारी र अध्ययनको शिलाशिलामा सेन्दाईमा बसोबास रहेको नेपाली आदिवासीको साझा सस्थाको सबै समुदायको प्रतिनिधित्व हुने गरी क्षेत्रिय समिति गठन गर्ने निर्णय गरेको जनाएको छ ।
भेलाले टेक बहादुर थामीको संयोजकत्वमा आदिवासी जनजाति क्षेत्रिय तदर्थ समिति सेन्दाई गठन गरिएको छ । त्यसै गरी उपाध्यक्षमा नृर्प चन्द्र राई , महासचिवमा आड० गेल्बु शेर्पा , सचिव उज्वल श्रीस, कोषाध्याक्ष निम बहादुर तामाड० र सदस्यहरू गोपाल माँझी, चन्द्र बहादुर तामाड० र छिरिड॰ नुरू शेर्पा रहेका छन् । समितिले आउदो छ महिना भित्र अधिवेशन गरी नया कार्य समिति चयन गर्ने जनाएको छ ।

हालको तदर्थ समितिलाई थप सदस्यता बढाउने गरी अन्य समुदायका प्रतिनिधीहरूलाई समेटने निर्णय गरिएको सदस्य छिरिड॰ नुरू शेर्पाले बताउनु भएको छ ।
स्मरण रहोस यहि आउँदो मार्च ११ तारीख नेपाल आदिवासी जनजाति महासंघ जापानको १६ औं अधिवेशन टोकियोमा हुदैछ ।