बुधबार, असार १०, २०८३

बाग्लुङ समाज जापानको दोस्रो अधिवेशन सम्पन्न,अध्यक्षमा सिद्धार्थ श्रेष्ठ

टोकियो,२८ माघ । बाग्लुङ समाज जापानको दोश्रो अधिबेसन सम्पन्न भएको छ ।
आईतबारका दिन सोलमारी मूरा हलमा सम्पन्न गरिएको अधिवेशनले सिद्धार्थ श्रेष्ठको नेतृत्वमा नयाँ समिति चयन गरेको छ ।

अध्यक्ष सिद्धार्थ श्रेष्ठ, तिन उपाध्यक्षहरुमा प्रेम प्रसाद कडेल,प्रेम आचार्य,महेन्द्र पिसी,महासचिब कृष्ण सुबेदी ,२ सचिबमा बिरोध चालिसे ,राजु केसी,कोषाध्यक्ष यमकान्त कडेल,सह-कोषाध्यक्ष शोभा केसी गिता,सदस्यहरुमा बिना खड्का,दिपक रेग्मी,बसन्त बियोगी,चेतन पौडेल,सुनिता श्रीष,लक्ष्मी के सी,कृष्ण शर्मा,खगराज सापकोटा ,गोबिन्द खड्का,शंकर सापकोटा २३ सदस्यमा ४ मनोनित बैठकबाट गरिने जनाएको छ ।
संस्थाका अध्यक्ष राजबिन थापाको सभापतित्वमा सम्पन्न अधिवेशनमा प्रमुख अथिति साम्सद डाक्टर सुर्य पाठक ,बिशेष अथिती नेपाल सरकार का उपसचिब ठाकुर कंडेल,एनआरएन आईसिसी सदस्य ओम गुरूङ,महेश श्रेष्ठ,अथिती एनआरएन जापानका उपाध्यक्ष देबिलाल भन्डारी , प्रवासी नेपाली मंचका अध्यक्ष महेन्द्र श्रेष्ठ ,जन सम्पर्क समिती उपाध्यक्ष नवराज थापा अन्तराष्ट्रीय नेपाली समाज जापानका अध्यक्ष पदम ठकुन्ना ,कानागावा कम्यूनिटी का अध्यक्ष हरि सापकोटा ,गुल्मी समाज जापानका अध्यक्ष सालिकराम भन्डारी ,गल्कोट समाजका अध्यक्ष नर बहादुर थापा ,बिहुकोट समाज जापान का अध्यक्ष देबिलाल सुबेदी र सल्लाहकार दिलु खत्री,दिपक सुबेदी,डिपी कंडेलले मन्तब्य राख्नु भएको थियो भने निर्वाचन कमिटी संयोजकमा बेलु थापा ,सदस्यमा दिपक कंडेल र दिप पाठक चयन गरिएको थियो भने घोषणा सभा को उदघाटन माननिय सांसद डा सुर्य पाठक समाजबाट सम्मान पनि गरिएको थियो र बन्द सत्रको उदघाटन बेलु थापाबाट गरिएको थियो भने संचालन कृष्ण सुबेदीले गर्नु भएको थियो ।