सोमबार, जेठ २५, २०८३

“भ्यालेन्टाइन डे”मा विशेष कार्यक्रम हुँदै

टोकियो,२४ माघ ।  युवा पुस्तालाइ लक्षित गरि ‘भ्यालेन्टाइन डे ‘बिशेष कार्यक्रमको आयोजना गरिएको छ । टोकियोमा फेब्रुवरी ११ तारिख आइतबार  टोकियो र नजिक बसोबास गर्ने युवा जमातको बिशेष चासो रहेको र टोकियोमा पहिलो पटक आयोजना गर्न लागेको प्रणय दिवस उत्सवको रुपमा मनाउन अन्तिम तयारीमा जुटेको छ । मायालु जोडीहरुलाई मायाको चिनो र बिशेष नृत्य र आकर्षक जोडीहरुलाई उपहार पनि ब्यबस्था गरिएको छ । कार्यक्रम अबधी भरी जापानको डिजे रेशम र डिजे रोमी को प्रस्तुति रहने छ भने  डिजे जोन छन्त्यालको बिशेष प्रस्तुति रहने भएको छ ।

शिनओकुबो स्थित बाराकाडेको हलमा कार्यक्रम हुनेछ ।  ५ बजे देखि शुरु हुने कार्यक्रममा आफ्नो टिकट र सिट सुरक्षित गर्न बाराकाडे या ए वान इन्टरटेन्मेण्टमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।  कार्यक्रम सफल पार्न बिशेष भूमिका कान्तिपुर बुटिक जापानको रहने छ । विभिन्न कोण देखि सहयोग गर्ने प्रायोजकहरु,मिडियाहरु र संगीतलाई माया गर्ने सबैलाई हार्दिक धन्यबाद प्रकट गर्दै कार्यक्रममा उपस्थित भैदिनु हुन् आयोजकद्वारा अनुरोध गरिएको छ ।