टोकियो,२४ माघ । जापानमा पहिलो पटक हुन लागेको ‘मिस एन्ड मिसेस नेपाल जापान २०१८’ मा ३५ प्रतिस्पर्धी छानिएका छन् ।
सोमवार टोकियोमा पत्रकार सम्मेलन मार्फत सो जानकारी दिएको हो ।
जापानभरि रहेको नेपाली समुदायलाई प्राथमिकता दिएर आयोजना गरिएको उक्त कार्यक्रम सिन्जोउ कर्पोरेसन र पल इन्टरटेन्मेन्टको संयुक्त आयोजनामा हुन लागेको प्रतिस्पर्धामा पहिलो अडिसनमा एक सय तीनजना सहभागी भएका थिए । सहभागीमध्येबाट २९ जना मिस र ६ जना मिसेस गरी ३५ जना छानिएको टोकियोमा आयोजित पत्रकार सम्मेलन सिन्जोउ कर्पोरेसनका उत्तम कुमार श्रेष्ठले जानकारी दिए । कार्यक्रम मिस जापान नेपाल हुनेले १ लाख ५० हजार र मिसेस तर्फ ८० हजार क्राउन र ट्रफी प्राप्त गर्ने साथै फस्ट रनरअप र सेकेन्ड रनरअपको लागि पनि पुरस्कार रहेको आयोजकले जानकारी दिएको छ । आफ्नै फरक क्षमताका आधारमा पहिलो, दोस्रो र तेस्रो भएका विवाहित र अविवाहित दुवै बिजेताले नगदसहित म्युजिक भिडियो तथा स्थानीय मिडियामा अवसर पाउनेछन् ।
डिसनबाट पास भएका ३५ जनालाई फिटनेश, सेल्फ मेकअप, हाँसो, फोटोसेसन, मिडियासम्बन्धी जानकारी र स्टेज पफर्मेन्स, क्याटवाक र मानव संशाधनलगायतका बारेमा नेपालबाट आएकी कोरियोग्राफर प्रियारानी लामाले तालिम दिन सुरु गरेकी छन् ।
