सोमबार, जेठ २५, २०८३

सेन्दाईमा सोनाम र ग्याल्पो ल्होसारको संयुक्त सांस्कृतिक साँझ हुने

जापान,२४ माघ । सोनाम ल्होछार र ग्याल्पो ल्होसारको अवसरमा जापानको सेन्दाईमा संयुक्त ल्होसार साँझ र संस्कृतिक कार्यक्रम हुने भएको छ । आउदो १० तारिक शानिबार हुने कार्यक्रम प्रवासी तामाङ तथा शेर्पा विधार्थी समाजले संयुक्त रूपमा आयाेजना गरेकाे जनाएको छ ।
अध्ययन र रोजगारीको सिलसिलामा विदेशीएका नेपालीहरू आफनो चाडपर्व र संस्कृतिलाई बिर्सन नदिन विगत बर्षबाट संयुक्त रूपमा ल्होसार कार्यक्रमको आयाेजना गर्दै आएको आयाेजक समितिका छिरिङ नुरू शेर्पा बताए । गैरआवासीय नेपाली महासंघ क्षेत्रिय समिति सेन्दाईको सह सचिव समेत रहेकाे शेर्पाले भने ” हामी संख्यात्माक रूपमा थोरै भएको तमु, सोनाम र ग्याल्पो ल्होसारलाई संयुक्त रूपमा मनाउदै आएको जनाएको छ ।
त्यस्तै आयाेजक समितिका चन्द्र बहादुर तामाङले प्रवासमा आफ्नो संस्कार र संस्कृतिलाई जागृना गर्दै ल्हाेछार मनाउन पाउनु गर्वको विषय भएको बताए । त्यसै गरी प्रवासमा आदिवासीहरूको आफ्नो मैालिक चाडपर्व मनाउनुपर्ने र आफ्नो पराम्परा जाेगाउनुलाई जाेगाउनु पर्ने आयोजक समितिको अर्का सदस्य आङ गेल्बु शेर्पाले बताउनु भयो।
“हामीले विगत झै यसपाली पनि संयुक्त रूपमा मनाउने तयारी गरीरहेको छाै,हाम्रो तयारी पुराभई सकेको छ । सबै ल्होछार प्रेमीहरूमा शुभकामना आदानप्रदान र मनाेरान्जनका लिई दिनुहुन समितिका सदस्य द्वय निमा तामाङ र छिरिङ तामाङले आग्रह गरेका छन् ।