टोकियो,२४ माघ । बाग्लुङ समाज जापानको दोश्रो अधिबेसन अन्तिम चरणमा पुगेको छ बिगत देखी बिभिन्न सामाजिक काममा सक्रिय रहदै आएको समाजको अधिवेसन आगामी फेव्रवरी ११ तारिख आईतबारका दिन सोलमारी मूरा हलमा गर्ने तयारी गरिएको छ ।
यसै अधिवेसनलाई सम्पन्न गर्नका लागी बिभिन्न छलफल र ज़िम्मेवारी तोक्ने काम सम्पन्न भएको समाजका कोषाध्यक्ष सिद्धार्थ श्रेष्ठले बताउनू भयो ।
राजबिन थापा अध्यक्ष रहेको बाग्लुङ समाज जापानले बाग्लुङमा भुकम्प प्रवाबित, बाढी पिडीत, आर्थिक अवस्था कमजोर भैई उपचार गराउन नसक्ने निम्न बर्गका ब्यक्तीलाई उपचार खर्च र जापानमा नै बिभिन्न कारण बस ज्यान गुमाएका परिवारलाई एवं कुनै समस्यामा परेकालाई राहत सहयोग गर्दै आएको छ ।
अहिले अधिवेशनको माहो तातिरहदा नेतृत्वको लागी धेरैले आकांक्षा ब्यक्त गरेता पनि सबैलाई मिलाएर नै लाने समाजका महासचिब कृष्ण सुबेदीले बताउनु भयो ।
