सोमबार, कार्तिक ११, २०८२

धुर्मुस–सुन्तली सन्तपुर बस्ती राष्ट्रपतिद्धारा हस्तान्तरण

काठमाडौं,२३ माघ । कलाकार दम्पत्ति सीताराम कट्टेल र कुञ्जना घिमिरेको चौथो परियोजनाका रुपमा रौतहटको सन्तपुर एकीकृत नमूना बस्ती हस्तान्तरण गरिने भएको छ ।

आज मंगलबार धुर्मुस–सुन्तली फाउण्डेसनद्वारा निर्मित सो बस्ती राष्ट्रपति विद्यादेवी भण्डारी द्धारा हस्तान्तरण गरिने भएको हो । रौतहटको चन्द्रपुर नगरपालिका वडा नं ८ सन्तपुरमा बाढीपीडित दलित परिवारका लागि निर्माण गरिएको भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न ४७ वटा घर निर्माण भइसकेकाले एक् कार्यक्रममा हस्तान्तरण गर्न लागिएको हो ।
गत असोज ४ गते शिलान्यास गरिएको सो नमूना बस्तीमा सामुदायिक भवन, मन्दिर, क्लबघर, भ्यू टावर समेत निर्माण भएका छन् । गत साउनमा आएको बाढीले सो गाउँका दलित परिवारको घर डुबानमा परेपछि धुर्मुस–सुन्तलीको पहलमा सुविधा सम्पन्न घर बनाइएको हो । करिब रु पाँच करोड ९६ लाखको लागतमा निर्माण भएको सो बस्ती कलाकार धुर्मुस दिनरात आफैँ खटेर काम गर्दै आउनुभएको थियो ।santapuuur

यो एकीकृत नमूना बस्ती अपांगतामैत्री, बालमैत्री, वातावरणमैत्री संरचनाअनुसार निर्माण भएको फाउण्डेशनका अध्यक्ष तथा कलाकार धुर्मसले बताउनुभयो ।
यो जोडीले भूकम्प पीडितका लागि काभ्रे र सिन्धुपाल्चोकमा एकीकृत नमूना बस्ती, महोत्तरीको बर्दिबासमा मुसहरका लागि एकीकृत नमूना बस्ती बनाइसकेको छ ।