बुबा बल बहादुर मगर र आमा साईली मगरकी माईली छोरीकी रुपमा २०५३ साल असोज २२ गते जन्मीएकी रबिता मगर यति वेला नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको नेपालको पहिलो डान्स सो कम्पिटिसन रियो छमछमी सिजन ३ मा धमाका मच्काउदै हजारौं जनालाई पछाडि पार्दै टप ५ सम्म पुगेकी छिन् । गनै डान्सर रविता मगरसंग वाल्यकाल र छमछमीको सेरेफेरोमा रहेर
मातृ सन्देश डटकमको लागि शान्त पहरीले गरेको अन्र्तर्वार्ता :-
एक पटक छमछमीमा मेरो प्रतिभालाई हेरेर भोट गर्नु हुनेछ भन्ने आशमा छू :- रविता मगर
– गाउँघरको लुकेको प्रतिभा देखाउन पाएको छू ।
– ममी बुवा कमजोर हुनुहुन्छ तर पनी पूरा सपोर्ट छ ।
– भविष्यमा लुकेको प्रतिभाको खोजी गर्छु ।
रविता मगर जी स्वागत छ ।
-धन्यावाद ।
तपाईको वाल्यकालको वारेमा छोटोमा बताईदिनुन ?
-म बुबा बल बहादुर मगर र आमा साईली मगरकी माईली छोरी हुँ । म २०५३ साल असोज २२ गते जन्मीएकी हुँ , म सानोमा पढ्दा पढदै डान्समा रुचि गयो त्यसैले निरन्तर रुपमा डान्सलाई प्राथमिकता दिदैं आए त्यसैले अहिले म नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको नेपालको पहिलो डान्स सो कम्पिटिसन रियो छमछमी सिजन ३ मा हजारौं जनालाई पछाडि पार्दै टप ५ सम्म पुगेकी छु ।
छमछमीमा धमका मच्काउनु भाको छ कसरी आईपुग्नु भयो यहाँसम्म ?
-नेपालको हरेक जिल्लाबाट अडिसन लिई हजारौं संख्याबाट २७५ जना छनोट गरी मेघा अडिसनका लागी काठमान्डौं बोलाईएको थियो । काठमान्डौं मेघा अडिसनबाट ५० जना गर्दै टप ५ हुदै फाईनल राउडमा प्रवेश गरेकी छु ।
यस्तै हजरौंको संख्यालाई उछिन्दै टप ५ फिनाले सम्मको यात्रा गर्न सफल हुन ममी वुवा र शिक्ष्ँक र साथीभाईको मायाले यहाँसम्म आईपुगेको छु ।
रबिता जी यो जस कस्लाई दिनुहुन्छ ?
-रामेछाप मन्थली नगरपालिका ११ नाटिला घर भई हाल परिवार संगै काठमान्डौं जोरपाटीमा बस्दै आएकी छु । परिवारमा एक दिदि, एक बहिनी र एक भाई रहेका छन् ।मेरो बुबा आमा भने नजिकैको गलैचा कारखानामा मजदुर गर्नु हुन्छ । आर्थिक अवस्था कम्जोर भए पनि सानै देखि नुत्यमा एकदमै रुचि भएकी कारण मलाई नुत्य सिक्नको लागि बूबाले शिखर छाहरी सॉंस्कृति कला केन्द्रमा भर्ना गरीदिनु भयो । यसरी नुत्य सुरुवात गरेर कडा मेहेनत र परिश्रम गर्दै आफुलाई निखारदै आई । परिवारको सहयोग र गुरुहरुको साथले गर्दा अगाडी बढ्न निकै सहज भएको छ । 
अहिले यो वाहेक के गर्नु हुन्छ ?
-म अहिले त्यस्तो केहि गरेको छैन अहिले छमछमीकै डान्समा ब्यस्त छु मैले राष्ट्रिय स्तरको सॉंस्कृति कार्यक्रम सम्म धेरै दर्सकको मन जित्न सफल भएकी छु । म द्द वटा बोडिड़ स्कुलमा नुत्य प्रशिक्षकको रुपमा काम गर्छु । हाल काठमान्डौं स्थित आकाश दिप उच्च मावि र न्यू बुद्ध प्रकाश सेकेन्डरी स्कुलमा नुत्य प्रशिक्षकको काम गर्दै आएकी छु ।
भविष्यमा योजना के छ ?
-मेरो भविष्यको योजना भनेको मेन यो छमछमी हात पारेर ,गाउँघरको लुकेको प्रतिभा देखाउन पाएको छू ,भविष्यमा लुकेको प्रतिभाको खोजी गर्छु ।
अन्त्यमा के भन्नु हुन्छ ?
-मलाई सपोर्ट गरिदिनु भएकोमा तपाईको पत्रिका र आम नेपाली आमा वुवा दाजुभाई दिदीबहिनीलाई धन्यावाद दिन चाहन्छु । अहिले मलाई भोटको खाँचो छ , एक पटक छमछमीमा मेरो प्रतिभालाई हेरेर भोट गर्नु हुनेछ भन्ने आशमा छू ।
-मलाई भोट गर्न मोवाइलको म्यासेज बक्समा गई cc स्पेश 12 लेखेर 34343 मा सेन्ट गर्नु होला,एक मोवाईलबाट जति पनि भोट गर्न मिल्ने छ ।
काठमाडौंमा भई रहेको रियो छमछमी सिजन ३ को अडिसन दिई अहिले उनी टप ५ फिनाले राउडमा प्रतिस्पर्धा गर्दैछु ।
भिडियो
https://youtu.be/QQ2aInABD3A

