शुक्रबार, बैशाख १४, २०८१

एनआरएनए आईसिसी सदस्य गुरुङको नयाँ गित ‘सालैजो’ बजारमा

टोकियो,१९ माघ । एनआरएनए आईसिसी सदस्य दिनेश गुरुङको शब्द तथा लयमा नयाँ गीत बजारमा आएको छ ।
नेपालको स्याङ्जामा जन्मिएर लामो समयदेखि जापानलाई कर्मथलो बनाइरहेका समाजसेवी गुरुङले नयाँ गीत सार्वजनिक गरेका हो ।
गुरुङ जापानमा बसेर व्यवसायी, विभिन्न संघ संस्था र सामाजिक कार्यमा सहयोग गर्दै आएका छन् । आफ्नो मौलिक परम्परा गीतसंगीतलाई माया गर्ने गुरुङले नयाँ गीत बजारमा ल्याएका हुन् । उनको गीतको भिडियोको छायांकन उनी जन्मेको हुर्केको ठाँउ स्याङ्जामा गरिएको छ । आफू जन्मेको गाउँठाउँको मौलिकतालाई समेटिएर गुरुङ आफैले सिर्जना गरको ‘सालैजो’ गीत सार्वजनिक गरेका हुन् ।

उनले यो गीतलाई मौकिल भएको बताएका छन् । गीतमा मौलिक स्वरका धनी गायक राजन कार्की र गायिका सिता केसीले स्वर दिएका छन्। म्युजिक भिडियोमा मोडल रिना थापामगर र निर आलेमगरको आकर्षक अभिनय समेटिएको छ । भिडियो निर्देशन प्रकाश भट्टले गरेका हुन् भने भिडियो निर्माणमा सोपाल समाज पोखराको विशेष सहयोगमा रहेको छ ।