काठमाडौं,१८ माघ । नेपाल टेलिभिजनबाट संचालित भएको रियालिटी सो सिजन ३ मा अहिलेसम्मकै उत्कृष्ट अभिनय गरेर उत्कृष्ट ५ मा पर्न भएकी छिन ।
राष्ट्रव्यापी रुपमा भएको डान्स प्रतियोगितामा सफल प्रतिभाकी धनी रामेछाप गेलूकी रबिता मगरले उत्कृष्ट अभिनय गरेर उत्कृष्ट मध्येको ५ नम्वरमा पर्न भएकी हुन ।
रियालिटी सो सिजन ३ को मैदानमा रहेकी रविता मगरले अत्यधिक भोट दिएर विजयी गराउन रविताले सबैलाई अनुरोध गरेकी छिन ।
भोट गरिने तरिका आफ्नो मोवाइलको म्यासेज बक्समा गई cc12 लेखेर 34343 मा पठॉउनु पर्ने छ । एउटा नम्बर देखि जति पनि भोट गर्न मिल्ने रविताले जानकारी दिईन ।
नेपाल टेलिभिजनबाट हरेक बुधबार साझ ८ ४५ बजे प्रसारण हुने रियो छमछमी सिजन ३ रियालिटी सो राष्ट्रव्यापक डान्स प्रतियोगिता हो ।
