काठमाडौं,१८ माघ । गायिका निर्मला घिसिङले नयाँ म्युजिक भिडियो ल्याएकी छन् । गायिका घिसिङको एकल स्वरमा `सिरिरि हावा चल्यो´ बोलको गीतको भिडियो भिंडियों बुढासुब्बा म्यूज़िकबाट सार्वजनिक गरिएको छ ।
मकवानपुर घर भएकी गायिका निर्मला घिसिङको दोस्रो एल्बम खबर गीतिसंग्रहमा रहेको यो अर्कों भिडियो हो ।यस अघि पनि खोली दोभान नामक गीतको भिडियो पनि सार्वजनिक गरिएको थियो । खबर गीतिसंग्रह गायिका निर्मलाको दोस्रो गीति एल्बम हो । यसअघि उनको एकल गीत संग्रह “रहर” ल्ययाएकी थिइन् । पहिलो गीती एल्बमबाट राम्रो प्रतिक्रिया पाएकी गायिका घिसिङले “खबर” मा मनोरञ्जनका साथै राष्ट्रिय भावका गीत समेत रहेको र एल्बममा ७ वटा गीत समाबेश रहेका समेत उनी बताउछिन् ।
गायिका निर्मलाको सुमधुर स्वरमा सजिएको यो गीतको रचनाकार र संगीतकार भने बोब्बी राज घतनीको रहेको छ । भिडियोमा कलाकार स्वस्तीमा खड्काको एकल कालअभिनय रहेको छ ।
निकेश थापाको निर्देशन रहेको भिडियोलाई कोरियोग्राफर राजिब समरले गरेका छन् । छायांकन बुद्ध थापाको छ भने सम्पादन प्रकाश तुलाधरको छ ।
भिडियो :
