बुधबार, असार १०, २०८३

एनआरएनए जापानले नागोया क्षेत्रका गतिविधिलाई वैधानिकता नदिने

जापान,१२ माघ । गैरआवासीय नेपीली संघ जापानले, नागोया (तोकाई होकुरिकु) क्षेत्रीय कमिटीका गतिविधिहरुलाई बैधानिकता नदिने निर्णय गरेको छ ।
बिहिबार बसेको एनआरएनए जापान सचिवालय बैठकले सो निर्णय गरेको संघद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । गत २१ तारिक नागोया(तोकाई होकुरिकु) क्षेत्रीय कमिटीले अधिवेशनको बेला भएका विषयवस्तुलाई लिएर गरेको निर्णय प्रति गम्भिर ध्यानाकर्षण गर्दै,आन्तिरिक समस्या,मिलाउने प्रयास भईरहेको बेलामा,अपरिपक्व निर्णय सार्बजनिक गरि,संस्थागत मर्यादा भुलेको ठहर गर्दै, अर्को अख्तियारी जारी नभए सम्मका लागि यस्तो निर्णय गरेको प्रवक्ता पर्शु बस्नेतले जानकारी दिए ।

विज्ञप्तीमा गैरआवासीय नेपाली संघका जिम्मेवार र जवाफदेहि ब्यक्तित्वहरु,डिआरसी पारसमणि पोखरेल,आईसिसि सदस्य डिलाराम खरेल,एनसिसि सल्लाहकार गोबिन्द श्रेष्ठ लगायतका ब्यक्तिहरुले क्षेत्रीय समितिका गतिविधिहरुलाई सहि मार्ग दर्शन गराउनुको सट्टा समस्या बल्झाउन प्रेरित गरेको प्रति घोर भर्त्सना पनि गरिएको छ ।

विज्ञप्ति