जापान,११ माघ । नेपाल तामाङ समाज जापानले सोनाम ल्होछार नयाँ बर्ष २८५४ खी ल्हो कुकुर बर्ग् बिगतका बर्षहरुमा झै यस बर्ष तयारी पुरा भएको छ ।
तामाङ भाषा, कला,धर्म,संस्कृति र परम्पराको संरक्षण गरौ २८५४ औ सोनाम ल्होछार (खी ल्हो कुकुर बर्ग )भब्यताका साथ मनाऔ भन्ने नाराका साथ तामाङ समाज जापानले जनवरी २८ मा बिशेष सांस्कृतिक कार्यक्रमको अयोजना गरी बृहत् रूपमा ल्होछार मनाउने तयारी भइरहेको समाजको अध्यक्ष कुमार मोक्तानले बताएका हुन् ।
२८५३ ज्या ल्होलाई बिदाइ गर्दै २५५४ औ खी ल्हो९कुकुर बर्ग्०लाई स्वागत गर्दै रमझमका साथ मनाईने ल्होछार९नयाँ बर्ष०मा सुख, शान्ति, समृद्दी, सु९स्वास्थ्य एब दीर्घायुको कामना गरी बिशेष सांस्कृतिक कार्यक्रम सहित मनाउने अनि यो बर्ष थप बिशेष हुने समाजका महासचिब हिमाल लामाले जानकारी दिएको छ ।
उक्त कार्यक्रममा नेपालबाट अथिति कलाकार साथमा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुतिको साथ सम्पन्न हुने सो कार्यक्रम सभ्य एवम भब्य बनाउनका लागि उप समिति समेत गठन गरिएको महासचिब लामाले बताएको छ ।
टोक्योको नेरिमा बुङ्ख सेन्टरमा बेलुकि १८:०० बजे देखि २२:०० बजेसम्म हुने उक्त सांस्कृतिक कार्यक्रममा भब्यताका साथ मनाउने हुँदा सम्पुर्ण जापानको राजधानी टोक्यो लागायत आसपास बस्नु भएका सम्पुर्ण तामाङ तथा गैरतामाङ नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा यसै समाचारलाई आधार मानी कार्यक्रममा उपस्थिति भइ कार्यक्रम सफल बनाईदिनु र थप रौनक बढाई दिनुहुन आयोजक संस्थाले आग्रह पनि गरेको छ ।
