जापान,४ माघ । जापानको दक्षिण पश्चिम क्षेत्रमा अवस्थित ईसिखावा राज्यको खानाजावा शहर स्थित एक रेष्टुरेन्टमा कार्यरत एक नेपाली युवाको मंगलबार राती कारको ठक्करबाट मृत्यु भएको छ ।
मंगलबार राती १०:१५ बजेतिर रेष्टुरेन्टको काम सकेर घर फर्कने क्रममा तिव्रगतिमा आएको कारको ठक्करबाट बाग्लुङ नगरपालिका ६ का किरण सापकोटाको मृत्यु भएको हो ।
हिउ जमेको र चिसोका कारण सडकमा जमेको वरफमा पछाडीबाट तिव्रगतिको निजीकार नियन्त्रण भन्दा बाहिर गएपछि पैदल हिडिरहेका सापकोटालाई कारले ठक्कर दिएर हस्पिटल लगेपछि मृत्यु घोषणा गरेको थियो । दुई वर्ष अघि कुक भिषामा जापान आएका ३० वर्षिय सापकोटा सडकमा एक्लै पैदल हिडीरहेका थिए ।
घटना लगत्तै उनलाई नजिकैको अस्पताल लगिएको थियो । तर चिकित्सकले उनिलाई मृत्यु भईसकेको जनाएको थियो । घटनाबारे प्रहरीले परिवारलाई जानकारी दिएको थियो ।
मृतक रापकोटाका दाजु रामचन्द्र सापकोटाका अनुसार मृत शरिरलाई बिहीबार अन्तिम दाहसंस्कार गरिने तयारी गरिएको छ ।
