टोकियो,१ माघ । शेर्पा संघ जापानले यस बर्षको ग्याल्बो ल्होसार भव्यताका साथ मनाउने भएको छ । बिगतका बर्षहरुमा झैँ यस बर्ष पनि शेर्पा संघ जापानले नेपालको हीमाली क्षेत्रमा बसोबास गर्ने शेर्पाहरुका मुख्य पर्ब ल्होसारलाई भब्य रुपमा मनाऊने तयारी गरेको हो ।
हीमाली शेर्पा समुदयहरुको नयाँ बर्ष २१४५ औँ स फो खी लो ९कुकुर बर्ष० ग्याल्बो ल्होसारलाई अविश्मरणीय र मनोरञ्जनात्मक बनाउन शेर्पा संघ जापान तिब्र तयारीमा जुटेको छ । फेब्रअरी १८ तारिखका दिन तय गरिएको ल्होसार बिशेष कार्यक्रमको तयारी भईरहेको आयोजक समितिका सदस्य फुरलाक्पा शेर्पाले जानकारी दिनुभएको छ ।
कार्यक्रममा बिशेष गरि हीमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा जातीको कला ,भेषभुषा र सस्कृतीको प्रचार प्रसार गर्ने हेतुले सोही दीन शेर्पा जातीको सीली नाच ,सेप्रु नाच लगयातका सस्कृतीको प्रदर्शन ,शेर्पा खाध पदार्थ तथा पेया पदार्थको सेवान तथा नेपाली कलाकारहरुले बिभिन्न नेपाली संस्कृति झल्कने नृत्य तथा गित संगीतहरु प्रस्तुत गर्नेछन भने डिजे शेसनले कार्यक्रमलाई थप सांगीतिक माहौल तथा मनोरन्जन प्रदान गर्नेछन ।
कार्यक्रम टोकियोस्थित हामामाचु स्टेशन नजिकै रहेको मन्दिर रेष्टुरेष्टमा हुनेछ । बिहान ११ बजे देखि साँझ ५ बजेसम्म हुने कार्यक्रममा शेर्पा समुदायको पोशाक तथा विभिन्न सस्कृती प्रदर्शन र कार्यक्रम गर्ने हललाई हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा जातीको रहनसहनसंग मील्ने गरि शेर्पा जातीको समपुर्ण सस्कृतीको अध्यान गर्न सकिने गरी भौतीक संरचना निर्माण गरिने शेर्पा संघले जनाएको छ ।
प्रवासमा रहेर नेपाली भाषा, धर्म, सांस्कृतिकको संरक्षण तथा प्रवर्दन गर्न सांस्कृतिक पर्व ल्होसार मनाउन लागेको संघका अध्यक्ष लाक्पा गेलु शेर्पाले जानकारी गराऊनुभएको छ । साथै जापानमा स्थापना भएको नेपाली भाषी संघ संस्था र नेपालीहरुवीच एकता, समन्वय, सदभाव बढाउनुको साथै कार्य ब्यस्तताका कारण उत्पन्न तनाब र थकानलाई न्यूनिकरण गर्दै आफ्नो पन महसुस गराउन यस कार्यक्रमले सहयोग पुराउने अध्यक्ष शेर्पाले बताएका छन ।
संघका अध्यक्ष शेर्पाले जापानबासी सम्पुर्ण नेपालीहरूलाई ल्होसार कार्यक्रममा सहभागि भई शेर्पा जातीको संस्कार सस्कृतीको अध्यानसंगै भरपुर मनोरन्जन लीन बिशेष आग्रह गरेका छन ।
