टोकियो,३० पुस । जापान भ्रमणमा रहेका चर्चित संगीतकार चेतन सापकोटाको जापानको टोकीयोमा एकल साँझ सम्पन्न भएको छ ।
शनिवार प्रवासी नेपाली मन्च जापान र नेपाली जनप्रगतिशिल मन्च जापानले संयुक्त रुपमा उक्त एकल साँझको आयोजना गरेका थिए ।
कार्यक्रममा प्रवासी नेपाली मन्च जापानका अध्यक्ष महेन्द्र श्रेष्ठ र जनप्रगतिशील मन्चका अध्यक्ष हवल चन्द्र लामा एनआरएनए जापानका कावा अध्यक्ष शिब प्रसाद पौडेल ,गुल्मेली समाजका अध्यक्ष शालिकराम भण्डारी ,गलकोट समाजका अध्यक्ष नर ब थापा लगाएतका विभिन्न राजनीतीक तथा सामाजिक संघ संस्थाका प्रतिनिधिहरूको बाक्लो उपस्थिती रहेको थियो ।
दर्जनौ गित प्रस्तुत गरेका संगीतकार सापकोटाले प्रबासमा बिरलै हुने यस्ता एकल साँझ जापानमा भव्य सफलतापूर्वक आयोजना हुनु संगीतकर्मी र कलाकारको निम्ति गर्बको कूरा हो भन्दै ठुङ्दे- ठुन्ग्दे,मखमली चोली,मिल्नु बाहेक बिकल्प छैन लगाएतका गीत गाएका थिए ।
प्रवासी मन्च जापानका उपाध्यक्ष सिद्धार्थ श्रेष्ठ र नेपाली जनप्रगतिशिल मन्च जापानका उप-महासचिब बाबूराम पौडेल रहेको कार्यदल निर्माण गरेको थियो । सिद्दार्थ श्रेष्ठको सभापतित्व र बाबूराम पौडेलको सो कार्यक्रम संचालन भएको थियो ।
