गजल ,रबिन शर्मा :-
खराबमा भेटियो या असलमा भेटियो ।
आगो निभेन खोट दमकलमा भेटियो ।
यसकारण धनीहरू माथि बिश्वास लाग्दैन ,
झुपडीमा चोरी भो महलमा भेटियो ।
जुन उपहार तिमीलाई मायाले दिएथेँ ,
त्यहि ऊपहार कसरि पसल मा भेटियो ।
यसकारण यो चीज संङ्ग्रालयमा राख्नुस ,
जिन्दगीको अर्थ चप्पलमा भेटियो ।
उपन्यास लेख्दै थियो कविता लेख्दै थियो )
अन्तिममा मेरो साथी गजलमा भेटियो ।
रबिन शर्मा ,कुनपा १२ चुवा पर्बत ,हाल टोकियो जापान ।
