जापान,२९ पुस । । रामेछापबाट ५ वर्षअघि जापान आएर कर्मथलो बनौदै आएकी स्मृति मोक्तानको शब्दमा “जाउँ हिँड मैच्याङ “बोलको सेलो गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
सो भिंडियों विपी हाईवेका मनोरम दृश्य समावेश गरिएको छ ।
चलचित्र लुट २ बाट चर्चामा आएकी नायिका एलिसा राईको नयाँ म्युजिक भिडियो बाहिरीएको छ । मोडल निराजन प्रधानसँगको रोमान्टिक भिडियो सार्वजनिक भएको हो ।
जाउँ हिँड मैच्याङ बोलको सेलो गीतको भिडियोमा वि ।पी हाईवेका मनोरम दृश्य समावेश गरिएको मोक्तानले जानकारी दीइन । दर्शन लामाको स्वर रहेको गीतको भिडियोमा एलिसालाई निराजनले ट्रकमा भगाएको देखाइएको छ ।
जहाँ उनीहरुको रोमान्टिक दृश्य समेत राखिएको छ । युवराज वाइबाको निर्देशनमा बनेको भिडियो उत्सव दाहालले खिचेका हुन् भने निशान घिमिरेले सम्पादन गरेका हुन् । गीतमा मोक्तानको शब्द र सुसन लामाको संगीत छ ।
