दक्षिण कोरिया,२८ पुस । भनिन्छ सिरुपाते खुकुरी आँफैमा काफी हुन्छ जस्लाई इस्पातको आवश्यक पर्दैन । त्यस्तै सिरुपातेको उपमा दिदा फरक नपर्ला प्रवासी भुमिबाटै अभिनय यात्रा तय गरेर मोडलिङमा स्थापित हुँदै गरेकी राज कुमारी तामाङलाई ।नेपालको नुवाकोट स्थायी बासी तामाङ बिगत ८ बर्ष देखी रोजगारिको शिलशिलामा दक्षिण कोरियामा छिन । रोजगारी सङ्गै सानैदेखिको आफ्नो मोड्लिङ यात्रालाई पुरा गर्न फुर्सदको समय दिएकी उनले अहिले काम भन्दा बढी यता व्यस्त छिन ।
शिव परियारको यो मधुरो रातमा बोलको गितबाट मोड्लिङ क्षेत्रमा प्रबेश गरेकी राज कुमारी कोरियामा बनाइने भिडियो मध्यको कलाकारमा पहिलो रोजाईमा पर्छिन । आधा दर्जन भन्दा बढीमा अभिनय गरिसकेकी राज कुमारी राजेश पायल राईको ‘क्यारुम तनी….. बोलको गितमा उनको हट एन्ड बोल्ड दृश्यको तारिफ चर्चा सङै केही बिबादित नि भइन । मन सफा भए दृश्यले कुनै असर नपार्ने बताउने उनि मातृभुमी फर्केसी अझ केहि सिकेर व्यबसायिक रुपमै यो क्षेत्रमा लाग्ने बताउछिन । क्यारुम तनीको चर्चा सेलाउन नपाउदै अमृत बिश्वकर्माको ‘जब तिमी साथमा हुन्छेउ…….. बोलको गित मार्फत फेरी उदाए
की छिन ।
राजेश पायल राईको आवाज रहेको उक्त गितमा मेघ्मा लामाले साथ दिएका छ्न । राजकुमारी तामाङद्वारा अभिनित यो भिडियो हेर्नुहोस ।
