जापान,२७ पुस । नेपाल तामाङ समाज जापानले सोनाम ल्होछार (नयाँ बर्ष) २८५४ खी ल्हो(कुकुर बर्ग्) बिगतका बर्षहरुमा झै यस बर्ष पनि भब्यताका साथ मनाउने भएको छ ।
तामाङ भाषा, कला,धर्म,संस्कृति र परम्पराको संरक्षण गरौ २८५४ औ सोनाम ल्होछार खी ल्हो(कुकुर बर्ग) भब्यताका साथ मनाऔ भन्ने नाराका साथ तामाङ समाज जापानले जनवरी २८ मा बिशेष सांस्कृतिक कार्यक्रमको अयोजना गरी बृहत् रूपमा ल्होछार मनाउने तयारी भइरहेको समाजको अध्यक्ष कुमार मोक्तानले बताएका हुन् ।
२८५३ ज्या ल्होलाई बिदाइ गर्दै २५५४ औ खी ल्हो(कुकुर बर्ग्)लाई स्वागत गर्दै रमझमका साथ मनाईने ल्होछार(नयाँ बर्ष)मा सुख, शान्ति, समृद्दी, सु-स्वास्थ्य एब दीर्घायुको कामना गरी बिशेष सांस्कृतिक कार्यक्रम सहित मनाउने अनि यो बर्ष थप बिशेष हुने समाजका महासचिब हिमाल लामाले जानकारी दिएको छ ।
उक्त कार्यक्रममा नेपालबाट अथिति कलाकार साथमा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुतिको साथ सम्पन्न हुने सो कार्यक्रम सभ्य एवम भब्य बनाउनका लागि उप समिति समेत गठन गरिएको महासचिब लामाले बताएको छ । टोक्योको नेरिमा बुङ्ख सेन्टरमा बेलुकि १८:०० बजे देखि २२:०० बजेसम्म हुने उक्त सांस्कृतिक कार्यक्रममा भब्यताका साथ मनाउने हुँदा सम्पुर्ण जापानको राजधानी टोक्यो लागायत आसपास बस्नु भएका सम्पुर्ण तामाङ तथा गैरतामाङ नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा यसै समाचारलाई आधार मानी कार्यक्रममा उपस्थिति भइ कार्यक्रम सफल बनाईदिनु र थप रौनक बढाई दिनुहुन आयोजक संस्थाले आग्रह पनि गरेको छ ।
प्रत्येक वर्ष एक एक वटा जनावरको गणना गर्दै १२ वर्षमा १२ वटा जनावरको चक्र फेरिने गर्दछ । ल्हो अथवा वर्ग फेरिनुलाई तामाङ समुदायले नयाँ वर्षको रुपमा मनाउने प्रचलन छ । यो वर्ष चरा वर्गलाई विदाइ गरी कुकुर वर्गलाई स्वागत गरिँदैछ । तामाङ समुदायलाई हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन नेपाल सरकारले २०५१ सालदेखि ल्होछारको अबसरमा १ दिन सार्वजानिक विदा दिदै आएको छ । यो वर्ष सोनाम ल्होछार फाल्गुन ४ गते परेको छ। ल्होछारको अबसरमा देश तथा बिदेशमा पनि बिबिध कार्यक्रम गरी मनाउदै आईरहेको छ ।
