बुधबार, असार १०, २०८३

जनसम्पर्क समिति जापानको शुभकामना कार्यक्रम सम्पन्न

जापान,२४ पुस । नेपाली कांग्रेसको प्रवासी भातृ संगठन नेपाली जनसम्पर्क समिति जापानले नयाँ वर्ष २०१८ तथा ४१औँ राष्ट्रिय मेलमिलाप दिवसको अवसर पारेर टोकियोमा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ ।
आईतवार भएके सो कार्यक्रमका वक्ताले नेपालमा राजनीतिक दलले मेलमिलापको सिद्दान्त लागु नगरेकोमा दुखेसो गरेका थिए । आफ्नो पनि सबै साथ एकै हात’ भन्ने नारासहित एनआरएनएको लागि यो वर्ष नयाँ काम र देशमा लगानीको वर्ष भएको अध्यक्ष भवन भट्टले बताए । उनले भने, ‘सबैलाई मिलेर आत्मियता र भाइचाराको हिसावले देशको लागि काम गर्ने समय आएको छ । उक्त कार्यक्रममा नेपाली राजदूतावासका प्रतिनिधि उपनियोग प्रमुख कृष्णचन्द्र अर्याल, एनआरएनए एसिया प्यासिफिक संयोजक किरणविक्रम थापा, एनआरएनए आइसिसि सदस्य महेश श्रेष्ठ,एनआरएनए जापानका उपाध्यक्ष शिवप्रसाद पौडेल,प्रवासी नेपाली मंच जापानका अध्यक्ष महेन्द्र श्रेष्ठ लगायत जापानमा क्रियाशील संघ–संस्थाका प्रतिनिधिको सहभागिता थियो । कार्यक्रम सम्पर्क समितिका सभापति रोशन केसीको अध्यक्षता तथा महामन्त्री रामजंग कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो ।

@ तस्विर : निकेश श्रेष्ठ/मातृ सन्देश डट कम,टोकियो