बुधबार, असार १०, २०८३

कालिगण्डकी समाज जापानको अध्यक्षमा न्यौपाने चयन

जापान,२४ पुस । गुल्मी जिल्लाको कालिगण्डकी गाँउपालिकावाट जापान आई विभिन्न क्षेत्रमा रहेको गुल्मेलीहरुले कालिगण्डकी(गुल्मी) समाज जापान प्रथम अधिवेशन सम्पन्न गरेका छन् ।
आईतवार भेला आयोजक कमिटीका संयोजक कासिराम न्यौपानेको सभापतित्वमा टोकियोको डबका रेस्टुरेन्ट सिनओकुबोमा अधिवेशन सम्पन्न भएको थियो । जापानमा रहनुभएक विभिन्न ब्यक्तित्वहरुको उपस्थितिमा र बिशेष उपस्थिति श्री कोरेङ्ग निमाबी खड्गकोटको निबर्तमान प्रअ पुरुषोत्तम ढकालको रहेको थियो ।
सो अधिबेशनबाट २ बर्षको लागि निम्नानुसार पदाधिकारी र सदस्य रहेको कमिटि निर्माण गरेको छ ।
जसमा अध्यक्ष काशिराम न्यौपाने,बरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद न्यौपाने ,उपाध्यक्ष मथुरा पराजुली ,महासचिब प्रकाश ढकाल,सचिब शिशिर न्यौपाने कोषाध्यक्ष सन्तोष पौडेल ,सदस्यहरुमा बसन्त ढकाल, देबकुमार थापा,गोबिन्द ढकाल, बिरेन्द्र श्रेष्ठ, शोभा ढकाल
बाकी ४ सदस्य पछि थप गरिने जनाएको छ उक्त कार्यक्रमको संचालन प्रकाश ढकालले गर्नुभएको थियो ।