सोमबार, जेठ २५, २०८३

गायक थकालीको नयाँ एल्वम ‘रकस्टार’ जापानमा विमोचन

टोकियो,२२ पुस । नेपाली लोक पप तथा रक गायक सुदिप कुमार थकालीको नयाँ एल्वम ‘रकस्टार’ जापानको टोकियोमा विमोचन कार्यक्रम सम्पन्न भएको छ ।
आज शुक्रवार जापानको ओमोरीस्थित सारंगी रेष्टुरेण्ट विमोचन कार्यक्रम सम्पन्न भएको हो ।
जापानमा सफल व्यवसायी विजय थकालीको प्रमुख आतिथ्यतामा सम्पन्न विमोचन कार्यक्रममा थकाली सेवा समाज जापानका अध्यक्ष बुद्दी थकाली , जनजाति पत्रकार महासंघ (फ़ोनिज) जापानका अध्यक्ष शान्त पहरी , पत्रकार महासंघ आनन्द कोईराला ,गायक सुदिन गुरुङ्ले संयुक्त सो एल्बम विमोचन गरेका थिए ।
सो एल्बम बिमोचन कार्यक्रममा गायक थकालीलाई प्रगतिको कामना गरेका थिए । उक्त बिमोचन कार्यक्रम भने लोक गायक अमर गुरुङ्ले संचालन गर्नु भएको थियो ।