सोमबार, जेठ २५, २०८३

लोक तथा दोहोरी गीत प्रतिष्ठान जापानको प्रथम अधिवेशन जनवरी २८ मा हुँदै

जापान,२१ पुस । नेपाली लोक तथा दोहोरी गीतसंगीत क्षेत्रका कलाकर्मीहरूको साझा संगठन रास्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान् नेपाल अन्तरगत स्थापित जापान शाखाको प्रथम अधिबेशन आगमी जनवरी २८ तारिक जापानको टोकियोमा आयोजना गरिएको छ ।

जापानमा रहेर नेपाली लोक दोहोरी संगीत क्षेत्रका बिभिन्न बिधामा कृयासिल कलाकर्मी हरूलाई एउटै छाता मुनी समेटी नेपाली लोक संगीतको प्रचार प्रसार, संरक्षण र प्रबन्धनको लागी काम गर्दै नेपाली कला र कलाकारको हकहित र संरक्षणमा लाग्ने उद्देश्यका साथ जापानमा रहेका सक्रिय कलाकारहरु को भेलाले गत सेक्टेम्बर १० तारीक कामता स्थित खुशीबजारमा चर्चित लोक तथा दोहोरी गायक युवराज आचार्यको संयोजकत्वमा तदर्थ समिती गठन गरेको थियो।साथै उक्त भेलाले चर्चित गायक एवं संगितकार रामकृष्णबम मल्लको संयोजकत्वमा निर्वाचन समिती, साहित्यकार पिताम्बर चापागाई (पदमपानी) को संयोजकत्वमा बिधान मस्यौदा समीती, कोषाध्यक्ष ऋषीराम कंडेलको संयोजकत्वमा आर्थिक ब्यबस्थापन समीती सहित अन्य बिभिन्न उपसमीतीहरु गठन गरी कार्यबिभाजन पनी गरिएको छ ।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल का बरिष्ठ उपाध्यक्ष एवं बिदेश बिभाग प्रमुख चर्चित सर्जक रमेश बि जीको उपस्थितीमा बृहत सांगितिक प्रस्तुतीहरुसंगै हुन लागेको अधिवेशन को लागी केन्द्रसंगको समन्तवय एवं अन्य तयारी पुरा गरिसकिएको पनी संस्थाका सचिव गितकार नारायण कंडेल ले जानकारी गराउनु भयो ।

लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल जापान शाखाको अधिवेशन तपशिल बमोजिम हुनलागेको ले सम्पुर्ण जापानमा रहनुहुने लोक संगितकर्मी तथा लोकगीत संगितप्रेमीहरु सबैलाई उपस्थीतीको लागी पनी प्रतिष्ठानको तर्फबाट हार्दिक अनुरोध गरेको छ ।
तपशिल
स्थान-113-0031 bunkyo-ku, Nezu 2-20-7
मिती-2018-01-28
समय-4:00pm~9:00pm