सोमबार, जेठ २५, २०८३

जापानमा मिस एण्ड मेसेश जापान २०१८ हुने

जापान,१९ पुस । नेपाली बिवाहित तथा अविवाहित महिलाहरुलाई लक्षित गरि पल ईन्टरटेनमेन्ट र शिन्जोउ कर्पोरेसनको संयुक्त आयोजनामा मिस एण्ड मेसेश जापान २०१८ हुने भएको छ।

उक्त कार्यक्रम व्यवस्थापनको जिम्मेवारी डेश्टिनी कृयसनले पुरा गर्ने छ। 
जापानको टोकियोमा हुने ऊक्त कार्यक्रममा मिस तर्फ १६ बर्ष भन्दा माथि अनी मिसेश तर्फ १८ बर्ष भन्दा बढी ऊमेरका ५ फिट माथिका महिलाहरु सहभागी हुने आयोजक पक्षले जानकारी गराएको छ। फेब्रवरी १ मा अडिएशन र फेब्रवरी ३ बाट तालिमा सुरू हुने छ साथै फाईनल फेब्रवरी १८ आईतबार टोकियो ईताबासी ओयामा ग्रिन हलमा ६ बजे देखि हुनेछ!प्रतिस्पर्धीलाई पारिवारिक र विद्यार्थी भिजामा जापानमा बसोबास गर्दै आएका महिलाले नेपालको कला सस्ंकृति, सुन्दरता बौद्धिक प्रतिभासहित अन्तरक्षमताका विभिन्न १५ विधामा प्रतिस्पर्धा गर्नेछन् ।