शनिबार, बैशाख ०८, २०८१

यसरी सम्पन्न भयो जापानमा तमु ल्होसार साँझ(फोटोफिचर)

शान्त पहरी,टोकियो । तमु धीं जापानको आयोजनमा सम्पन्न तमु ल्होसार साँझ २०१८ भब्य रुपमा भएको छ ।
गुरुङ समुदायले हरेक वर्ष गर्दै आईरहेको कार्यक्रम यस पटक टोक्योको ईकेगामी हलमा भव्यताका साथ भएको आयोजकले जनाएको छ ।
जनवरी २ तारीख़ टोक्योको इकेगामी हलमा भएको उक्त ल्होसार साँझलाई तताउन दिपु गुरुङ (व्रोसिस व्यान्ड)वेलायत र अहिलेको चर्चित लोक तथा दोहोरी गायक राजन गुरुङ नेपालवाट आई भरपर मनोरत्तजन दिएका थिए ।
सोहि कार्यक्रममा भर्खरै नवनिर्वाचित कार्यसमितिलाई सपथ ग्रहग कार्यक्रम समेत सम्पन्न भएको थियो । संस्थाको अध्यक्ष श्री गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई महासचिव अमर गुरुङले संचालन गरि नेपाली दुतावासका नियोग प्रमुख कृष्णचन्द्र अर्यालको प्रमुख आतिथ्यतामा विभिन्न ब्यक्तित्वहरुको सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको थियो । tamu m tamu r tamu8 tamur2 tamu d tamu rrtamu7