जापान,१७ पुस । नेपाली चलचित्र क्षेत्रमा सर्वाधिक चर्चित नायक दयाहाङ राईको नयाँ चलचित्र ह्यापी डेज जापानमा प्रर्दशन हुने पक्का भएको छ।
किराँत राई यायोख्खा जापानको आयोजनामा बहुप्रतिक्षित चलचित्र प्रर्दशनको मिति तय गरिएको छ । दयाहाङ राई , प्रियन्का कार्की लगायतका चर्चित कलाकारहरुको जोडदार अभिनयमा ह्यापी डेज प्रर्दशन पूर्व नै चर्चामा रहेको छ।
जापानको टोकियो नाकानो जिरो हलमा जनवरी १४ तारिक प्रर्दशन हुने ह्यापी डेज पहिलो पटक चिवाको फुनावासीमा समेत प्रर्दशन गरिन लागेको आयोजक किरात राई यायोख्या सल्लाहकार संजीव राईले जानकारी दिए । राईका अनुसार फुनावासी किनरो सीमा सेन्टरमा २० तारिक साँझ सात बजेबाट चलचित्र प्रर्दशन गरिने छ।
यसैगरि जनवरी सात तारिकका दिन सिजुओकाको आएसेरु २१ ह्लमा र फुकुओकामा जनवरी २८ तारिकका दिन प्रर्दशन पक्का भएको आयोजकले जनाएका छन।
मिलन चाम्स निर्देशित चलचित्र बीपी खनालले निर्माण गरेका हुन।
