बुधबार, असार १०, २०८३

जापानी भाषा बक्तृत्वकला प्रतियोगिताको सातौं संस्करण हुने

जापान,१४ पुस । नेपाल जापान अध्ययनकेन्द्र नेपाकेन को आयोजनामा जापानमा रहेका नेपाली विद्यार्थीबीच जापानी भाषाको बक्तृत्वकला प्रतियोगिता हुने भएको छ ।
मार्च १८ मा नेपाकेनको आयोजनामा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा नेपाल जापान सम्बन्ध,नेपालको भौगोलिक विविधता, पर्यटन, भाषासाहित्य लगायतका विषयमा सहभागीले धारणा राख्नेछन् । टोकियोको रिस्योउ विश्वविद्यालय सभाहलमा हुने प्रतियोगितामा प्रथम हुनेले पचास हजार येन, द्वितीयले बिस हजार येन र तृतीय हुनेले बिस हज़ार येन पाउने नेपाकेनले जनाएको छ ।
प्रत्येक वर्ष आयोजना गरिने प्रतियोगिताको यो सातौं सस्करण हुनेछ ।